पहिरोबाट विस्थापितहरुको लागि नेपाली सेनाद्वारा आवास निर्माण

नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीमा गएको पहिरोको कारण विस्थापित भएका परिवारहरुको लागि अस्थायी आवास भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । सेनाले सोही गाउँपालिका वडा नं.१, बासखर्कमा ३१ आवासहित  ७ शौचालय, १ बाथरुम, १ क्यान्टिन र १ हेल्थ पोष्टको भवन निर्माण सम्पन्न गरि आइतबार एक कार्यक्रमकाबीच  नं.२६ बाहिनी अड्‍डाका बाहिनीपति सहायक रथी बिष्णु राउतले  जिल्ला विपद् व्यवस्थापन समिति र स्थानिय विपद् व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरे।  उक्त हस्तान्तरण कार्यक्रममा सिन्धुपाल्च...

सम्बन्धित सामग्री

एक सय बढी अस्थायी आवास निर्माण

रुकुमपश्चिममा नेपाली सेना र सशस्त्र प्रहरीले भूकम्प पीडितहरूका एक सय २४ वटा अस्थायी आवास निर्माण गरेका छन् ।

सरकारले भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाउने

काठमाडौँ- सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । आवश्यकताअनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताइन् । ...

लिदी पहिरो प्रभावितले पाए अस्थायी आवास

साउन २४, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा एक वर्ष अघि गएको पहिरोबाट विस्थापित बनेकाहरुले अस्थायी आवास प्राप्त गरेका छन् ।  ७८ लाख २८ हजार ७५३ रुपैयाँ लागतमा अस्थायी आवास निर्माण गरिएको हो । सो लागतमा ३१ ओटा आवास भवन, ७ ओटा शौचालय, एउटा हेल्थ पोष्ट भवन, एउटा क्यान्टिन र एउटा स्नानगृह निर्माण गरिएको जुगल गाउँपालिका–२ का वडा अध्यक्ष प्रताप लामाले बताए । प्रति घर २ लाख ५२ हजार ५३९ रुपैयाँ लागतमा निर्माण गरिएको हो । आइतवार एक कार्यक्रमबीच लिदी पहिरो प्रभावित परिवारका लागि जुगल गाउँपालिका–१ बाँसखर्कमा निर्मित अस्थायी आवास प्रभावितलाई हस्तान्तरण गरिएको छ । नेपाली सेना २६ नं. बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।  आवास नेपाली सेनाले निःशुल्क श्रमदानबाट निर्माण भएको हो । आवास निर्माणको लागि जुगल गाउँपालिका प्रकोप व्यवस्थापन कोषबाट  ५८ लाख २ हजार ४९ रुपैयाँ र विभिन्न संघसंस्था एवम् व्यक्तिहरुबाट २० लाख २६ हजार ६८६ रुपैयाँ बराबरको सहयोग प्राप्त भएको जुगल गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठले बताए । आवास निर्माण गर्दा २९ लाख ६ हजार ११२ रुपैयाँको २२ हजार ५२५ किलो फलाम, ७ लाख ४३ हजार ८७९ रुपैयाँको ५८ वण्डल जस्तापाता, १ लाख ६८ हजार ३७१ रुपैयाँको २३० बोरा सिमेण्ट प्रयोग गरिएको छ । १ लाख ४८ हजार रुपैयाँको गिटी, १ लाख ८० हजार रुपैयाको बालुवा, २५ हजार ५०० रुपैयाँको ढुंगा, ९६ हजार ५४८ रुपैयाँको इन्धन र ८ लाख ३१ हजार ३८५ रुपैयाँको ढुवानी, टुल्स लगायतमा खर्च भएको स्थानीय विपद् व्यवस्थापन समिति अध्यक्ष समेत रहेका पालिका अध्यक्ष श्रेष्ठले बताए । त्यस्तै स्काभेटरमा ९० हजार रुपैयाँ, झ्याल ढोकामा ४९ हजार २६८, विद्युत तथा शौचालय सामग्रीमा १ लाख ५७ हजार ८७५, मजदूर ज्याला ३ लाख ५५ हजार ७५० र ४९ हजार ३६१ रुपैयाँ खर्च भएको समितिले जानकारी दिएको छ ।  आवास निर्माणको लागि क्रिकेट खेलाडी सन्दिप लामिछानेले १ लाख २३ हजार ४८८ रुपैयँको ९०८ किलो फलाम र ३ लाख ७१ हजार ६१३ रुपैयाँको २५ वण्डल जस्तापाता सहयोग गरेका थिए । त्यस्तै सिएरआरसी÷केयर नेपालले २२ हजार ८ सय रुपैयाँको ३० बोरा सिमेन्ट, ७ लाख ६३ हजार ९६० रुपैयाँको ६७ वण्डल जस्तापाता, पर्यटन व्यवसायी मिलन तामाङ र माया गुरुङले ७ लाख ४ हजार ८२८ रुपैयाँको ५५ वण्डल जस्तापाता, निर्मला सिलवालले ४० हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री सहयोग गरेको श्रेष्ठले बताए । एक वर्ष पछि अस्थायी भए पनि आवास पाएकोमा पहिरो प्रभावितहरु खुसी भएका छन् । ‘एक वर्षसम्म पालमा बस्दा हामीलाई निक्कै सकस भएको थियो । सुत्केरी, बालबालिका, बृद्धबृद्धालाई समस्या थियो’, पहिरो प्रभावित सावित्री तामाङले भनिन् ‘अहिले हामीले अस्थायी आवास पाएका छौं, यसले हामीलाई केहि मात्रामा भएपनि खुसी दिएको छ ।’ अब बाँकी ११८ घर परिवारलाई नै आवासको लागि स्थानीय सरकारले प्रयत्न गर्नुपर्नेमा उनले जोड दिइन् ।  स्थानीय सरकारले पहिरो प्रभावित सबैलाई आवासको लागि प्रयत्न भइरहेको स्थानीय सरकारले जनाएको छ । ‘लिदीका २०८ घरधुरीसहित २५७ विपद् प्रभावितहरुसँग लाभग्राही सम्झौता गरी स्थायी आवास निर्माण गर्ने प्रकृया शुरु भइसकेको छ’, जुगल गाउँपालिका–२ का वडा अध्यक्ष प्रताप लामाले भने । २०७७ साउन ३० गते गएको पहिरोमा २०९ घरघुरी प्रभावित बनेको थियो । पहिरोमा ३९ जनाको मृत्यु भएको थियो भने ३४ घरमा क्षति पुगेको थियो । जसमध्ये २९ घर पूर्ण क्षति भएको थियो ।

सेनाद्वारा कङ्गोमा २० हजार विस्थापितलाई आवास

अफ्रिकी मुलुक कङ्गोमा तैनाथ नेपाली सेना शान्ति सैनिकको इञ्जिनीयर गुल्मले निकै छोटो समयमा ठूलो सङ्ख्यामा विस्थापित द्वन्द्वपीडितका लागि आवास निर्माण गरेर उदाहरण प्रस्तुत गरेको छ । त्यहाँको  डिजुगु क्षेत्रबाट विस्थापित  २०  हजार जनतालाई बुनियास्थित मुजिपेला क्षेत्रमा नेपाली शान्ति सैनिकले छोटो अवधिमा विभिन्न सं...