बारा र रौतहटसहित थप १५ मतदान केन्द्रमा मतदान सम्पन्न

गत वैशाख ३० गते स्थगन भई निर्वाचन हुन बाँकीमध्ये विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तह र ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रममा आज ती मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको हो ।    निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का अनुसार आज मतदान सम्पन्न भएकामा बारा र रौतहटका मा

सम्बन्धित सामग्री

छिटपुट घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सकियाे - निर्वाचन आयाेग

काठमाण्डाै – चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ को उपचुनावमा सामान्य घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ ।तीन वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थियो । चितवनका दुई वटा मतदान केन्द्रमा केहीबेर मतदान रोकिँदा बारामा केही व्यक्ति पक्राउ परेका थिए । सामान्य घटना भएको भए पनि समग्रमा चुनाव उत्साहपूर्ण र शान्तिपूर्णरूपमा सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।यकिन तथ्याङ्क आइनसकेको र प्रारम्भिक विवर...

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू

दिनभर आज तीन वटै निर्वाचन क्षेत्रमा  मतदान सम्पन्न, आजै रातिबाट मतगणना सुरु हुने, अनधिकृतरूपमा प्रकाशन भएका पात्रोहरू नियन्त्रण गर्न गृहको परिपत्र, एसीसी प्रिमियर कपमा युएईको उत्कृष्ट जित, सिंगापुर २०१ रनले पराजित, राजस्व संकलनमा ६१ प्रतिशतले वृद्धिलगायतका समाचारले स्थान पाए । तीन वटै निर्वाचन क्षेत्रमा  मतदान सम्पन्न, आजै रातिबाट मतगणना सुरु हुने बारा २, चितवन २ […]

उपनिर्वाचन: शान्तिपूर्णरुपमा सकियो मतदान, मंगलबारसम्म अन्तिम परिणाम आइसक्ने

प्रतिनिधिसभा सदस्यका लागि बारा-२, चितवन-२ र तनहुँ-१ मा आइतबार शान्तिपूर्ण र उत्साहजनकरुपमा उपनिर्वाचन भएको छ । निर्वाचन आयोगले तीन वटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान सम्पन्न भएको जनाएको छ । आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको छ । यद्यपि मतदानको विवरण भने आयोगको सूचना प्रणालीमा प्रविष्टि हुनेक्रममा रहेको आयोगले जनाएको छ ।

उपनिर्वाचनको मतदान सम्पन्न : करिब ६० प्रतिशत मत खस्यो

आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ । हालसम्मको प्रारम्भिक विवरण अनुसार […]

उपनिर्वाचनः दिउँसो १ः४५ बजेसम्म ४५ प्रतिशत मतदान सम्पन्न

दमौली । प्रतिनिधिसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा तीन वटै क्षेत्रमा दिउँसो २ बजेसम्म करिब ४५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार चितवन क्षेत्र नं २ मा करिब ५० प्रतिशत, बारा क्षेत्र नं २ मा ४० प्रतिशत र तनहुँ क्षेत्र नं १ मा करिब ३५ प्रतिशत मतदान भएको छ ।

भारतसँग जोडिएका सीमानाका तीन दिन बन्द

बारा : यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनलाई ध्यानमा राखी शुक्रबारदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरी राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ। उपनिर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए। यस्तै मतदान सम्पन्न नभएसम्म जिल्लाभरि मादक पदार्थ ओसारपसार, बिक्री–वितरण र सेवनमा र

बारा र रौतहटसहित थप १५ मतदान केन्द्रमा आज मतदान सम्पन्न

गत वैशाख ३० गते स्थगन भई निर्वाचन हुन बाँकीमध्ये विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तह र ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रममा आज ती […]

मतदान शान्तिपूर्ण र उत्साहजनक

काठमाडौं । निर्वाचन आयोगले शुक्रवारको स्थानीय तह सदस्य निर्वाचनको मतदान छिटफुट अप्रिय घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जानकारी दिएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले केही ठाउँमा विवाद उत्पन्न हुँदा मतदान रोकिएको बताए । मतदान स्थगनसम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ । ‘अधिकांश स्थानमा मतदान सम्पन्न भएको छ,’ उनले भने । उनले साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई भोट खसाल्न दिइने भएकाले कुल खसेको मतको यकिन संख्या प्राप्त हुन बाँकी रहेको बताए । वर्षाका कारण मतदानमा कुनै गम्भीर असर नपरेको प्रवक्ता पौडेलको भनाइ छ । उनका अनुसार शुक्रवार रातिदेखि नै मतगणना शुरू भएको छ । मतगणना शुरू हुनुअघि निर्वाचन अधिकृतका कार्यालयहरूमा सर्वदलीय बैठक बसेको थियो । केही केन्द्रमा भने विवाद देखिएकाले मतगणना शुरू गर्न ढिलाइ भएको निर्वाचन कार्यालयहरूले बताए । आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदान केन्द्रमा विवादले मतदान अवरुद्ध भएको छ । अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुन: मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्ने प्रवक्ता पौडेलले बताए । प्रहरीका अनुसार मतदानका क्रममा केही ठाउँमा झडप र विवाद तथा केही ठाउँमा कुटपिटका घटनासमेत भएका छन् । प्रहरीले पनि समग्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ । नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले विभिन्न जिल्लामा छिटफुट अप्रिय घटना भए पनि निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । उनका अनुसार अपराह्न ५ : ०० बजेसम्म प्रहरी प्रधान कार्यालयमा प्राप्त विवरणअनुसार ३० भन्दा बढी जिल्लामा ११० अप्रिय घटना भएका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ । विवादका कारण अवरुद्ध ४० मतदान केन्द्रमा पछि विवाद सुल्झाएर मतदानलाई निरन्तरता दिइएको थियो । काभ्रे, सप्तरी, सर्लाहीलगायत केही केन्द्रमा मतदान स्थगित भएको जानकारी प्राप्त भएको प्रवक्ता केसीले बताए । केसीले विभिन्न ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको बताए । हुम्लाको एक ठाउँमा अश्रुग्यास प्रहार भएको छ । सुदूरपश्चिमका बझाङ र बाजुराका चार मतदान केन्द्रमा प्रहरीले हवाई फायर गर्नुपरेको थियो । वागमती प्रदेशको काभ्रे, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा मतपेटिका तोडफोड भएका छन् । रामेछापका विभिन्न मतदान केन्द्रमा प्रहरीले १५ राउन्ड हवाई फायर गरेको छ । प्रदेश–२ अन्तर्गत सर्लाहीको धनकौल नगरपालिका–२ स्थित मतदान केन्द्रमा मतदान रोकिएको छ । प्रतिनिधि छनोटको विषयमा एमाले र माओवादीले असन्तुष्टि दर्शाउँदै ढुंगामुढा गरेपछि मतदान रोकिएको हो । त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको थियो । त्यसैगरी, महोत्तरीको बलुवा–५ को मतदान केन्द्रमा पनि प्रहरीले हवाई फायर गरेको छ । रूपन्देहीको मर्चवारी गाउँपालिका वडा नं–५ का नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार सोमनाथ पाण्डेको घरमा विस्फोट भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन भएको हो । सबै स्थानीय तह निर्वाचनको मतदान शुक्रवार एकै चरणमा गरिएको हो । यसअघिको स्थानीय निर्वाचनको मतदान २०७४ सालमा तीन चरणमा भएको थियो । त्यो बेला वैशाख ३१, असार १४ र असोज २ मा निर्वाचन सम्पन्न भएको थियो । त्यसअघि २०५४ सालमा स्थानीय तहको निर्वाचन जेठ ४ र १३ गते गरिएको थियो । शुक्रवार देशभरका १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजे एकसाथ मतदान शुरू भएको थियो । यो चुनावमार्फत ७५३ स्थानीय तहका ३५ हजार २२१ जनप्रतिनिनिधि निर्वाचित हुनेछन् । ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख, त्यत्ति नै संख्यामा उपप्रमुख, ४६० गाउँपालिकामा एक/एक अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्षलगायत पदमा जनप्रतिनिधि निर्वाचित हुनेछन् । स्थानीय तह सदस्य निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । यसपटकको निर्वाचनमा बिहीवारसम्म १८ वर्ष उमेर पूरा भएका बालिग मतदाताले मतदानको अवसर पाएका छन् । १ लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए । त्यसमध्ये ३९० जना निर्विरोध भएका छन् । निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता थिए । आयोगमा दर्ता भएकामध्ये ६५ दलले मात्र मनोनयन दर्ता गराए । निर्वाचनमा १ लाख ९ हजार ८८ कर्मचारी खटाइएको थियो । ६५ हजार ८६५ स्वयंसेवक र ५ हजार पर्यवेक्षक तथा २ लाख ६० हजार सुरक्षाकर्मी परिचालित थिए । नेपालको संविधान २०७२ को अनुसूचीमा स्थानीय तहलाई महत्त्वपूर्ण अधिकार दिइएको छ । त्यही अधिकार प्राप्त भएका कारण गाउँठाउँको विकासका लागि संघको मुख ताकिरहनु पर्दैन । त्यसैले पनि २०७२ अघिको स्थानीय निकायको तुलनामा अहिलेको स्थानीय तहको जिम्मेवारी ठूलो छ । गाउँको विकासमा स्थानीय तहले आफै निर्णय गरेर कार्यान्वयन गर्न सक्छ । स्थानीय तह आफैमा सरकार र संसद् पनि हो । परिचित जनप्रतिनिधि हुने र समुदायले निर्धक्क कुरा राख्न सक्ने हुँदा आमनागरिक विभिन्न समस्या हुँदाहुँदै पनि निर्वाचनमा सहभागी भए । कोही लौरे टोकेर त कोही बच्चा काखी च्यापेर मतदानमा सहभागी थिए । कसैले ह्विल चेयरमा बसेर पनि मतदान गरे भने पाका उमेरकाले पनि मताधिकार प्रयोग गरेका दृश्य देखिएको थियो । कतिपय ठाउँमा किरियापुत्रीले पनि मतदान गरेका छन् । शीर्ष नेताले कहाँबाट मतदान गरे ? प्रधानमन्त्री शेरबहादुर देउवाले डँडेलधुराको गन्यापधुरा गाउँपालिका केन्द्रबाट मतदान गर्नुभएको छ । त्यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुर र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरबाट मतदान गरेको खबर छ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिका पुगेर मतदान गरे । सभामुख अग्निप्रसाद सापकोटाले गृहजिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी पुगेर मतदान गरेका थिए । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१, लोकन्थलीस्थित उपस्वास्थ्य चौकी केन्द्रमा मतदान गरे ।

उपनिर्वाचनको मतदान सम्पन्न : करिब ६० प्रतिशत मत खस्यो

बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

बारामा मतदाता कुर्दै कर्मचारी

बारा, असोज २ – बारामा दिउँसो २ बजेसम्म ६० प्रतिशत मतदान भएको छ । बिहानैदेखि मतदाता लाइनमा बसेकोले चाडै नै मतदान सम्पन्न हुने लागेको जिल्ला निर्व...