नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले अहिलेको अवस्थामा राष्ट्र बैंकले निर्णायक भूमिका खेल्नुपर्ने बताएका छन् । सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदा मुलुक ठूलो समस्यामा परेको भन्दै उनले यस आपत्तकालिन स्थितिको रुपमा केन्द्रीय बैंकले नेतृत्व लिनुपर्ने पनि बताएका हुन् । उनले भने,‘बजेट कार्यान्वयनमा नआउँदा परेको असर परेको छ । नीति निर्माताहरुबाट बजेटको क्यालेण्डरसहित क्रान्तिकारी सुधार भएका थिए ।’उनले प्रतिस्थापन विद्येयक पारित नभएको अवस्थामा मुलुकको खर्च सञ्चालनमा नै समस्या भएको उल्लेख गर्दै अब नेपाल राष्ट्रले तत्काल प्याकेज ल्याउनुपर्ने बताएका हुन् । उनले अमेरिकामा बाराक ओबामाको कार्यकालमा समस्या हुँदा त्यहाँको केन्द्रीय बैंकले अर्थतन्त्र जोगाएको स्मरण गराए ।राष्ट्र बैंकले सिडि रेसियो स्थगन गर्नुपर्ने र टर्म लोनको व्यवस्था गरेर जानुपर्ने उनको सुझाव छ ।