नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सूचना जारी गर्दै आवेदन खुला गरेको हो । पौडेल २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी २२ पुसमा निगमबाट बिदाइ भएका थिए । निगमको कार्यकारी निर्देशक हुन निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्