शताब्दी पुरुष सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ । शरीरमा अक्सिजन कमी भएपछि जोशीलाई सोमबार किस्ट मेडिकल कलेजमा भर्ना गरिएको साहित्यकार एवं नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । अस्पतालले एक साता अक्सिजनमा राख्नुपर्ने बताए पछि जोशीलाई एक हप्ता अस्पतालमा राखिन लागिएको प्रसाईंकाे भनाई रहेको छ । जोशी गत वैशाख ३० गतेदेखि १०२ वर्षका भएका छन् ।