गुल्मी : कात्तिक ३ गतेदेखि बन्द रहेको जिल्लाको रिडी रुद्रबेनी सडक खुलाउने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ।सडक खुलाउनका लागि कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र संग्राम शार्दुल गुल्म गुल्मीको टोलीले बम बिस्फोट गराएर सडक खुलाउने कार्य गरिरहेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।रिडी रुद्रबेनी सडक खण्डको साँघुरेमा सडक माथिबाटै ठूलो पहिरो खसेका कारण सडक अबरुद्ध भएको थियो।अबरुद्ध सडक खुलाउनका लागि गौडाकोट राम्दी मालढुंगा सडक आयोजना कार्यालय पाल्पाले