विराटनगर : सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) कोशी प्रदेशको पहिलो साधारणसभा तथा प्रदेश भेलाले सामुदायिक रेडियोको दीगोपनाका लागि प्रसारकहरु एक भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।विराटनगरमा मंगलबार सम्पन्न साधारणसभाले ७ बुँदे घोषणा पत्र जारी गर्दै यस्तो निष्कर्ष निकालेको हो।रेडियोको दीगोपना र क्षमता विकासका लागि सरकार र सरोकारवालासँग समन्वय गर्ने, प्रदेश सरकारलाई लोककल्याणकारी विज्ञापनको नीति ल्याउन र सामुदायिक रेडियोलाई उपलब्ध गराउने सहयोगलाई निरन्तरता दिन माग गर्ने, स