लुम्बिनी प्रदेश : एमाले सर्वाेच्चमा, विपक्षी निगरानीमा

रुपन्देही - सर्वाेच्च अदालतले जनता समाजवादी पार्टी(जसपा)ले पदमुक्त गरेका तीन जना बहालवाला मन्त्रीको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार थप सङ्कटमा परेको छ । जसपाको ठाकुर पक्षका मन्त्रीहरु सन्तोष पाण्डे , विजय बहादुर यादव र कल्पना पाण्डे लम्साल पदमुक्त भएसँगै अब ८७ सदस्यीय लुम्बिनी प्रदेश सभा ८० सदस्यीय बनेको छ । प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको विशेष अधिवेशन रोक्न एमाले सांसद लीला गिरीले सोमवार सर्वाेच्च अदालतमा दिएको रिट निवेदनमा सर्वाेच्च​ले अन्तरिम ...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारमा राप्रपा तटस्थ

काठमाडौं,१९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश सरकारमा तटस्थ बसेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्वन्धिको प्रस्तावमा राप्रपाले पक्ष , विपक्ष कतैपनि मत नदिएर तटस्थ बसेको हो । यसअघि एमाले नेतृत्वको प्रदेश सरकारमा सहभागी राप्रपाका लुम्बिनी प्रदेश सभामा ४ सांसद् रहेका छन् । राप्रपाले केन्द्रको निर्देशन बमोजिम प्रदेशसभामा तटस्थ बसेको […]

एमाले लुम्बिनी प्रदेश दलको नेतामा लिला गिरी चयन

काठमाडौं,१७ पुष । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले दलको नेतामा गिरिलाई चयन गरेको हो । गिरी रूपन्देही-२ क का सांसद हुन्। त्यसैगरी, दलको उपनेतामा चेतनारायण आचार्य चयन भएका छन्। आचार्य अर्घाखाँची (ख) का सांसद हुन ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन

बुटवल : नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन्। आइतबार प्रदेश राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा बसेको बैठकले गिरीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो। एमाले महासचिव शंकर पोखरेलले अर्घाखाँचीबाट निर्वाचीत चेत नारायण आचार्यलाई दलको नेता बनाउन निकै जोडबल गरेका थिए। आजको बैठकमा महासचिव…

लुम्बिनी प्रदेश सरकारको चार वर्ष : कामभन्दा बदनाम बढी

३ फागुन, बुटवल । लुम्बिनी प्रदेश सरकार स्थापना भएको मंगलबार चार वर्ष पूरा भएको छ । मुलुक संघीयतामा गएसंगै नेपालमा पहिलो पटक २०७४ साल फागुन ३ गते प्रदेश सरकार बनेका थिए । लुम्बिनी प्रदेश सरकारको चार वर्षको यात्रा हेर्दा काम भन्दा बदनाम बढी भएको छ । ३ फागुन २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रको […]

एमाले लुम्बिनी प्रदेश इञ्चार्जमा छविलाल विश्वकर्मा

बुटवलः नेकपा (एमाले) को लुम्बिनी प्रदेश इञ्चार्जमा छविलाल विश्वकर्मा चयन भएका छन्।  आइतबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले प्रदेश इञ्चार्जको जिम्मेवारी विश्वकर्मालाई दिएको हो। उनी एमाले सचिव पनि हुन्।  रूपन्देही १ बाट निर्वाचित उनी पूर्वमन्त्री हुन् ।  यस्तै सहइञ्चार्जमा खिमलाल भट्टराई, लीला गिरी, दधीराम न्यौपाने, वैजनाथ चौधरी र दलबहादुर राना…

लुम्बिनी प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्ने

लुम्बिनी प्रदेश सरकारले आज नयाँ बजेट प्रस्तुत गर्ने भएको छ। एमाले नेता शंकर पोखरेल नेतृत्वको तत्कालिन सरकारले ल्याएको बजेटलाई संशोधन गर्दै गठबन्धनको सरकारले नयाँ बजेट ल्याउन लागेको हो। बजेटमा केही...

लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित

लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको  बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सूचनामार्फत जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि बैठक सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सभाको अर्को बैठक यही असोज २० गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको  प्रदेशसभा सचिव दुर्लभ पुन मगरले बताए । लुम्बिनी प्रदेश  सभा एमालेले दुई सांसद विमला वाेली र अजय बहादुर शाहीलाई &nb

एमाले लुम्बिनी प्रदेश कमिटीले पायो पूर्णता, को-को आए नेतृत्वमा ?

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशमा रहेका १२ वटै जिल्ला कमिटीलाई पूर्णता दिएको छ।

एमालेले लुम्बिनी प्रदेश सांसद वलीलाई कार्वाही गर्ने

बुटवल। सुर्य चिन्हबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद विमला वलीलाई एमाले लुम्बिनी प्रदेश संसदीय दलले कार्वाही गर्ने भएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिएकी सांसद वलीलाई कारबाही गर्ने भएको हो। “वलीलाई स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए थप कारबाही प्रक्रिया अघि बढाउने निर्णय भएको छ,” एमाले प्रमुख सचेतक भुमीश्वर ढकालले बताए।

लुम्बिनी प्रदेश : पोखरेलको सपथ रोक्न प्रदेश प्रमुखको कार्यालय घेराउ

लुम्बिनी प्रदेश सभाका विपक्षी दलले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । विपक्षी दलहरुले आज दिउँसो एक बजे नै ४२ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाइ बुझाएपछि त्यसलाई लत्याएर प्रदेश प्रमुखले एकतर्फी रुपमा एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त ग...