डोटीको तेछडामा महिलाको मृत्युपछि गाउँ सिल

डोटी । जिल्लाको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट काम गरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको हो ।  वडाअध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरित  विज्ञप्ति प्रकाशित गरी सो गाउँको पूर्व तीरको गणेश नेगीको पसल, पश्चिम ढल्कना, उत्तरतीर चौपाता पिपल तथा दक्षिणतीर धौल्याल खोलासम्म सिल गरिएको जनाइएको छ ।यसैगरी उक्त गाउँबाट अर्को गाउँ जान तथा अर्को गाउँबाट

सम्बन्धित सामग्री

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल

जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो ।सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको छ । पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम शुरु भएर बढ्दै गएसँगै पाँच दर्जनभन्दा बढी गाउँले सङ्क्रमित भएपछि शनिबार रातिदेखि यही साउन २४

३५ जना कोरोना संक्रमित देखिएपछि थप सात दिन गाउँ नै सिल

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ को चडेपानी गाउँलाई थप ७ दिनका लागि सिल गरिएको छ। एकै गाउँमा ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेकाले आजदेखि आगामी साउन ३ गते सम्म गाउँलाई  सिल गरिएको हो।यसअघि असार २१ गतेदेखि असार २७ गतेसम्म सो गाउँलाई सिल गरिएको थियो। गाउँमा संक्रमित संख्या नघटेकाले विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय भएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पन्तले जानकारी दिए।संक्रमणको रोकथाम र नियन्त्रणका लागि गाउँलाई थप

चडेपानी गाउँ थप सात दिन ‘सिल’

बैतडी, असार २८ । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ को चडेपानी गाउँलाई थप सात दिनका लागि सिल गरिएको छ । सोमबारदेखि आगामी साउन ३ गतेसम्मका लागि चडेपानीलाई सिल गरिएको जनाइएको छ । यसअघि असार २१ देखि असार २७ गतेसम्मका लागि सो गाउँलाई सिल गरिएको थियो । गाउँमा संक्रमितको संख्या नघटेकाले विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल […]

म्याग्दीमा ५ जना सक्रिय संक्रमित भएको गाउँ ‘सिल’

म्याग्दी : गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएपछि म्याग्दीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले ५ जना भन्दा बढी सङ्क्रमित भेटिएको टोलमा सिल गर्ने भएको छ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले ५ जना सक्रिय सङ्क्रमित रहेको गाउँ, टोलको चार किल्ला कायम गरी आवतजावत र व्यवसाय बन्द गर्ने निर्णय गरेको सहायक प्रजिअ सुवाश शर्मा पौडेलले बताए।‘समुदायस्तरमै स्वंयसेवक टोली बनाएर अभियान सुरु गर्न स्थानीय तहलाई अनुरोधसमेत गरिएको छ, संक्रिय सङ्क्रमित भएको

१९ मा कोरोना, चडेपानी सिल

बैतडी, (नेस) । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी गाउँ एक हप्ताका लागि सिल गरिएको छ । एकै गाउँका १९ मा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको विपद् व्यस्थापन समितिको बैठकले उक्त गाउँलाई सिल गरेको हो । संक्रमणको रोकथाम र नियन्त्रणका लागि असार २१ गतेदेखि असार २७ गतेसम्मका लागि सिल गरिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत […]

ओखलढुंगाको मोलुङ गाउँपालिका सिल

ओखलढुंगा : मोलुङ गाउँपालिकाका वडाहरूमा एक साताका लागि सिल गरिएको छ। सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले ६ वटा वडा सिल गर्ने निर्णय  गरेको हो।कोभिड –१९ संक्रमणको दोस्रो लहरको कारण संक्रमण गाउँपालिकामा तीव्र भएसँगै सोमबार राति १२ बजेदेखि ९ गते राति १२ बजेसम्म लागू हुने गरी ६ वटा वडा सिल गरिएको गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताए।नागरिकको दैनिक आवश्यकतालाई मध्यनजर गरी दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म आवश्यक स्वास्थ्य सतर्कता अपनाएर दैनिक उपभोग्य खाद्यन्न वितरण गरिने पसलहर

वालिङ नगरपालिकाको कपासे गाउँ सिल

अमृत अर्याल, स्याङजा । वालिङ नगरपालिका १४ को कपासे गाउँलाई सिल गरिएको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ का सङ्क्रमितहरु देखापरेसँगै रोकथाम तथा नियन्त्रणका लागि सिल गरिएको हो । नगर प्रमुखसहित स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर स्वास्थ्य परीक्षण गर्नुकासाथै आवश्यक पर्ने औषधि वितरण गरेको हो । “स्वास्थ्यकर्मी र औषधिसहित गाउँमा पुग्यौं” नगर प्रमुख […]

स्याङ्जाको धरमपानीमा १९ जना संक्रमित फेला, गाउँ नै सिल

स्याङ्जा : बुधबार एकै गाउँका १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको छ।वालिङ-१, धरमपानीका स्थानीयवासीमा कोरोनाको लक्षण देखिएपछि वालिङस्थित गह्रौं प्राथमिक अस्पताल र स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर गरेको स्वास्थ्य परीक्षण गरेको थियो।गत १४ गते गाउँमा चौरासी पूजाको आयोजना गरिएको र पूजामा केही सहभागीलाई लक्षण देखिएपछि उनीहरू एन्टिजिन परीक्षण गर्न गह्रौं प्राथमिक अस्पतालमा आएका थिए।‘एन्टिजेन परीक्षणमा सातै जनालाई कोरोना पोजेटिभ देखिएपछि धरमपानी गाउँमै ग

भारतबाट फर्किएकी महिलाको मृत्यु भएपछि गाउँ नै सिल

डोटी । शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिलगरिएको हो । वडाअध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरीत विज्ञप्ति प्रकाशित गरी सो गाउँको पूर्वतीरको गणेश नेगीको पसल, पश्चिम ढल्कना, उत्तरतीर चौपाता पिपल […]