काठमाडौं : लामो समयदेखि सिंहदरबारभित्र घुमिफिरी अड्किएको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ अन्ततः संसदबाट पारित भइ दफावार छलफलका लागि शिक्षा समितिमा पठाइएको छ।संविधान जारी भएको ८ वर्ष बितिसक्दा पनि उक्त ऐन पारित त कहाँ हो कहाँ संसदमा दर्तासमेत हुन सकेको थिएन। यसअघि ७ जना शिक्षामन्त्री भएर विभिन्न आश्वासन बाँडे पनि प्रतिबद्धता भने पूरा गर्न सकेनन् तर वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई भने उक्त विधेयक संसदमा पेस गरी द