नेपालको प्रमुख खाद्यान्न बाली धान स्याहार्ने बेलामा परेको वर्षाका कारण यस वर्ष नेपालका अधिकांश जिल्लामा धान बालीमा नोक्सान पुगेको छ । तराईका जिल्लामा कतिपय ठाउँमा काटेर खेतमा सुकाएको धान पानीले भिजेर उम्रिन थालेको छ भने नकाटेको धान पनि ढलेको छ । मनसुन सकिएपछि परेको वर्षाले पहाडी जिल्लामा पनि धान बालीमा क्षति पुगेको छ ।
कात्तिक महिनामा आएको बाढी पहिरोका कारण सयजना भन्दा बढीको ज्यान गइसकेको छ । बाढी पहिरोले सुदूरपश्चिम र पूर्वी नेपाललाई बढी प्रभावित बनाएको छ । बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्र...