विद्यार्थी आकर्षित गर्न भरतपुर महानगरद्वारा सरकारी विद्यालयलाई बस हस्तान्तरण

डोलराज रानाभाट चितवन । चितवनमा अवस्थित नारायणी नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक पूर्ण प्रसाद दवाडीलाई टाढा– टाढा वाट आउने विद्यार्थीको अवस्थाले निकै चिन्तीत बनाइरहेको थियो । घाम लागेको दिन असिनपसिन हुँदै आउनुपर्ने र पानी पर्दा किताव भिजाउदै विद्यार्थीहरु विद्यालय आउँदाको दृष्यले दवाडीलाई निकै चिन्तित तुल्याउथ्यो । साधनकै अभावमा पहिलो घण्टीको पढाई समेत कतिपय विद्यार्थीले छुटाउन वाध्य […]

सम्बन्धित सामग्री

भरतपुर भ्रमणका लागि भारतीय पर्यटकलाई आकर्षित गर्दै महानगर

भरतपुर महानगरपालिकाले भारतीय पर्यटकलाई आकर्षित गर्न पर्साको ठोरीमा नेपाल र भारतका सरोकारवालाहरूबीच अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।

भरतपुर भ्रमणका लागि भारतीय पर्यटकलाई आकर्षित गर्दै महानगर

भरतपुर महानगरपालिकाले भारतीय पर्यटकलाई आकर्षित गर्न पर्साको ठोरीमा नेपाल र भारतका सरोकारवालाहरूबीच अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।

दिवा खाजाले चेपाङ बालबालिका विद्यालयप्रति आकर्षित

भरतपुर (चितवन) २६ पुस । चितवनको कालिका नगरपालिका–१० टुँडिखेलकी सिर्जना चेपाङको घरमा प्रायःजसो बिहान समयमा खाना पाक्दैन । उनलाई घरमा पकाएको खाने कुरा कुर्नुभन्दा विद्यालयमा पुग्न हतार हुन्छ । विद्यालयमा दिइने खाजाले उनलाई आकर्षित गर्ने गरेको छ । विद्यालयमा खान पाइने भएपछि घरबाट भोकै भए पनि विद्यालय आउने गरेको सृजनाले सुनाइन् । उनी कालिका–१० लोतंतीमा […]

माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित

भरतपुर । चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन् । कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) वितरण गरेको हो । यस्तै ७० लाख फ्राई (एक महिना अवधिको) र छ लाख ६० हजार फिङ्गरिङ (दुई महिनामाथिको) माछाका भुरा वितरण गरेको कार्यालयका प्रमुख […]

नारायणी नदीमा मोटरबोट, पर्यटकको भीड बढ्दै

भरतपुर– छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि  बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् । नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न आउने मानिसको सङ्ख्या बढ्दै […]

हाँसपालनबाट मनग्य आम्दानी

रत्ननगर, १४ असार । पछिल्लो समय हाँसका परिकारको पारखी बढ्दै जाँदा हाँसपालनतर्फ यहाँका किसान आकर्षित हुन थालेका छन् । हाँस पाल्न र बिक्रीका लागिसमेत सहज हुन थालेपछि हाँसपालनतर्फ किसान आकर्षित हुन थालेका हुन् । भरतपुर–१९ शारदानगरमा हाँसपालन गर्दै आउनुभएका शङ्कर महतोले हप्तामा ५०० वटा हाँसका चल्ला बिक्री गर्दै आएका छन् । महतोले इमानियल हाँस फार्म […]

चितवनका किसान ड्रागन फ्रुट खेतीमा आकर्षित

चितवन । केरा, पोल्ट्री, मौरी, तरकारीको पकेट क्षेत्र चितवनमा पछिल्लो समय ड्रागन फ्रुट खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । साना किसानदेखि जिल्लाका अन्य क्षेत्रका व्यवसायीले पनि ड्रागन फ्रुट खेती गर्न थालेका छन् । विगत ३ वर्षयता चितवनमा करीब २५ बिघा जमिनमा व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती हुँदै आएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । बागमती प्रदेश कृषि विकास मन्त्रालयका प्रवक्ता राजन ढकालले मन्त्रालयले चितवनका लागि विशेष प्राथमिकतामा राखेर ड्रागन फ्रुटको खेती विस्तारका लागि काम शुरू गरेको बताए । उनका अनुसार सामूहिक रूपमा १६ बिघा क्षेत्रमा ड्रागन फ्रुट खेती विस्तार भएको छ भने व्यक्तिगत साना किसानले पनि ८÷१० बिघामा खेती गरिसकेका छन् । वर्षेनि ड्रागन फ्रुट खेती गर्ने किसानको संख्या बढ्दै गएको ढकालले जानकारी दिए । शैक्षिक उद्यमी शम्भु सुवेदी र उनको समूहले भरतपुर गौरीगञ्जमा सत्सवेदा साइन्स एण्ड एग्रिकल्चर फार्म हाउस दर्ता गरेर २ वर्षदेखि डेढ बिघा जमिनमा ५ हजार बिरुवा रोपेर यो खेती गरेका छन् । कृषि ज्ञान केन्द्रको ड्रागन पु्रmट पकेट कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यो खेती शुरू गरिएको सुवेदीले बताए । हालसम्म ४० लाख रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ । ड्रागन फल स्वास्थ्यका दृष्टिकोणले धेरै लाभदायी रहेको र एक पटक रोपेपछि २० वर्षसम्म उत्पादन लिन सकिने भएकाले आफूहरू यसको खेतीमा लागेको सुवेदीको भनाइ छ । हाल यसको बजार मूल्य प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म रहेको बताइएको छ । यस्तै, भरतपुर महानगरपालिका–२६ दिव्यनगरमा दुई दाजुभाइ पदमबहादुर गुरुङ र ताइबहादुर गुरुङले ५० लाख लगानीमा गंगाश्री बहुउद्देश्यीय कृषि फार्म खोलेर एक बिघाभन्दा बढी जमिनमा ड्रागन फ्रुट खेती गरेका छन् । विदेशको रोजगारीबाट फर्किएका उनीहरूले यसमा राम्रो सम्भावना देखेकाले खेती थालेका हुन् । साथै भरतपुर महानगर–२१ पार्वतीपुरका किसान नारायणप्रसाद सोतीले ५ कठ्ठा क्षेत्रफलमा आफ्नो करेसा बारीमा ड्रागन फ्रुट खेती गरेका छन् । खेर गएको जमिनको सदुपयोग हुने र ड्रागन फ्रुटको बोटबीच अन्तरबाली लगाउन समेत मिल्ने भएकाले आफूले परीक्षणका रूपमा यसको खेती गरेको उनले सोतीले बताए । चितवनमा ड्रागन फ्रुटका लागि उपयुक्त हावापानी तथा माटो रहेको र यसको माग उच्च भएकाले आफूहरू यस खेतीमा आकर्षित भएको किसानहरूको भनाइ छ । चितवनमा ड्रागन फ्रुटको खेती अहिलेसम्म परीक्षणकै भएको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता ढकालले बताए । यो खेतीका लागि पानी नजम्ने बलौटे प्रकारको माटो चाहिने उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाद्वारा दूधमा अनुदान : किसान पशुपालनतर्फ आकर्षित

भरतपुर महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिने भएको छ । विगत दुई वर्षदेखि प्रतिलिटर दूधमा रु एक अनुदान दिँदै आएको महानगरपालिकाले चालू आर्थिक वर्षमा प्रतिलिटर रु दुई बढाएको हो ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार दूधको गुणस्तर र उत्पादन वृद्धि गरेर किसानलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले अनुदान रुकममा वृद्धि गरिएको हो । यसबाट किसान प्रत्यक्ष रुपमा लाभान्वित हुँदै उत्पादन बढ्ने महानगरपालिकाको लक्ष्य छ । किसानको समस्यालाई बुझेर लाभ पु¥याउने उद्देश्यले क