सुनकोसी गाउँपालिकाका माओवादी अध्यक्ष धमला एमालेमा प्रवेश

काठमाडौं । ओखलढुंगाको सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष छवीरमण धमला एमालेमा प्रवेश गरेका छन् । मंगलबार सुनकोसी गाउँपालिकाको वडा नं. १० मा आयोजित एक कार्यक्रमका बीच धमला एमाले प्रवेश गरेका हुन् । धमला सहित एमाले प्रवेश गर्नेहरूलाई एमाले पाेलीट ब्युराे सदस्य बालकृष्ण ढुंगेल, संघीय सांसद यज्ञराज सुनुवार र प्रदेश सांसद अम्बिरबाबु गुरुङले एमालेमा स्वागत […]

सम्बन्धित सामग्री

प्रचण्डको गृहजिल्ला चितवनको माओवादी नेतृत्वविहीन, सहइन्चार्ज पनि एमालेमा प्रवेश

चितवन । नेकपा माओवादी केन्द्र चितवनका जिल्ला सहइन्चार्ज रमेश रेग्मी एमाले प्रवेश गरेका छन् । चितवन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा रेग्मीसहित माओवादीनिकटको प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेल पनि एमाले प्रवेश गरेको एमाले वागमती प्रदेश कमिटी सचिव विजय सुवेदीले जानकारी दिए । यसअघि […]

हिजो एमाले प्रवेश गरेका बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष आज फेरि माओवादीमै

काठमाण्डाै – हिजो सोमवार नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी आज मङ्गलवार फेरि माओवादी केन्द्रमै फर्कनुभएको छ । हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट गएर एमालेमा प्रवेश गरेका डल्लाकोटीले आज माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटार गएर माओवादीमै फर्किएको घोषणा गर्नुभएको छ । २०७४ सालको चुनावमा माओवादीबाट चुनाव जितेका डल्लाकोटीले आफूले आवेगमा एमाले प्रवेश गर्ने निर्णय लिएको तर आज पछुतो मान्दै निर्णय फिर्ता लिएर माओवादीमै रहेको बताउनुभएको छ &n...

रुपन्देहीको सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष बब्लु शुक्ला माओवादीमा प्रवेश

काठमाडौं । रुपन्देहीको सम्मरीमाइ गाउँपालिकका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) कार्यकाल सकिनै लाग्दा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विहीबार माओवादी अध्यक्ष प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका शुक्ला संघीय र प्रदेशसभा निर्वाचनको मुखमा नेकपा एमालेमा प्रवेश गरेका थिए । उनले आफ्नी […]

व्यवसायी दुर्गा प्रसाई माओवादी छोडेर एमालेमा औपचारिक प्रवेश

काठमाडौं । चर्चित व्यवसायी दुर्गा प्रसाई औपचारिकरुपमा एमालेमा प्रवेश गरेका छन् । झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी सहित पाँच सयजना एमालेमा प्रवेश गरेका हुन् । सो कार्यक्रममा संयोजन पनि प्रसाईले नै गरेका थिए । प्रसाई यसअघि माओवादीमा थिए । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकटस्था मानिन्थे । तर, नेपाल कम्युनिष्ट पार्टीमा आएको विवाद र […]

माओवादी केन्द्रले गर्यो चार सांसदलाई कारबाही

नेकपा माओवादी केन्द्रले आफ्ना चार जना सांसदलाई कारबाही गरेको छ । नेकपा एमालेमा प्रवेश गरेका आफ्ना चार जना प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष दाहालले ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिनुभएको छ ।