नेकपा माओवादी केन्द्रले आफ्ना चार जना सांसदलाई कारबाही गरेको छ । नेकपा एमालेमा प्रवेश गरेका आफ्ना चार जना प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष दाहालले ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिनुभएको छ ।