बर्दिया २ मा नागरिक उन्मुक्तिको उम्मेदवार रेशमका पिता लालवीर

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मनोनयन दर्ता निर्वाचन आयोगले खारेज गरेको छ । मंगलबार निर्वाचन अधिकृतको कार्यालयले हत्या अभियोगमा जेल सजाय भोगिरहेका चौधरीको उमेदवारी खारेज गरिदिएको हो । चौधरीको उम्मेदवारी खारेज भएसँगै उक्त क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व गर्दै लालवीर चौधरीले चुनाव लड्ने […]

सम्बन्धित सामग्री

बर्दिया-२ का प्रतिनिधि सभा सदस्य चौधरी नागरिक उन्मुक्तिमा प्रवेश

बर्दिया निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिई प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमबीच उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई औपचारिक रूपमा प्रवेश गराएकी हुन् । पार्टीका संरक्षक रेशम चौधरीका बुबासमेत रहेका चौधरी सोही पार्टीकै समर्थनमा चुनाव जितेका थिए । रेशम चौधरीको उम्मेदवारी खारेज हुने सम्भावना भएपछि पार्टीले उनलाई स्वतन्त्र उम्मेदवार बन

छोरा रेशम चौधरीले खोलेको पार्टीमा पसे सांसद लालवीर

८ पुस, काठमाडौं । बर्दिया-२ बाट स्वतन्त्र सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । छोरा रेशम चौधरीले खोलेको नागरिक उन्मुक्ति पार्टीमा शुक्रबार स्वतन्त्र सांसद लालवीर चौधरी औपचारिक रुपमा प्रवेश गरेका हुन् । लालबीरलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीका र खादा लगाइदिएका थिए । लालबीर रेशम चौधरीका बुवा हुन् भने रञ्जिता […]

बर्दिया २ (ख) मा नागरिक उन्मुक्तिका चौधरी निर्वाचित

बर्दिया । बर्दिया -२ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्‍यमा नागरिक उन्मुक्ति पार्टीका उम्‍मेदवार धर्मबहादुर चौधरी निर्वाचित हुनु भएकाे छ । निकटतम प्रतिस्पर्धी नेकपा माओबादी केन्द्रका उम्‍मेदवार मानबहादुर थारुलाई ९ हजार १४३ मतान्तरले हराउँदै चौधरी निर्वाचित हुनुभएकाे हाे । चौधरीले २० हजार १२७ मत पाउँदा माकेका थारुले १० हजार ९८४ मत मात्र ल्‍याए ।

बर्दिया-२ (२) मा नागरिक उन्मुक्तिका चौधरी विजयी

बर्दिया– बर्दिया-२ (१) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धर्मबहादुर चौधरी विजयी भएका छन् । चौधरी २० हजार एक सय २७ मत ल्याई विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मानबहादुर थारूले १० हजार नौ सय ८४ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति उम्मेदवार चौधरी नौ हजार एक सय […]

बर्दिया-२ को 'क' बाट प्रदेश सभामा कांग्रेसका जन्मजय तिमिल्सिना विजयी

बर्दिया - बर्दिया क्षेत्र नम्बर २ को 'क' बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना विजयी हुनुभएको छ ।  नागरिक उन्मुक्ति पार्टीका प्रदेशी चौधरीलाई ५ हजार ६७ मत अन्तरले हराउँदै तिमिल्सिना विजयी हुनुभएको निर्वाचन कार्यालय राजापुरका प्रमुख नगेन्द्र लम्सालले जानकारी दिनुभयो ।   जन्मजय तिमिल्सिनाले १७ हजार २५१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकतम् प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका प्रदेशीले १२ हजार १८४ मत प्राप्त गर्नुभएको छ ।  यस्तै, नेकपा एमालेका लहनु थारुले १० ...

बर्दिया २ बाट रेशम चौधरीका बुबा विजयी

डिल्लीबजार कारागारमा कैद जीवन विताइरहेका रेशम चौधरीका बुवा लालवीर चौधरी बर्दिया २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवारी दिए पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका चौधरी २६ हजार ५२०...

बर्दिया २ मा लालवीर चौधरीलाई अग्रता

नेपालगञ्ज – बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन्। उनले ३४३६ मत पाएका छन्। लालवीर नागरिक उन्मुक्ति पार्टीका प्रमुख रेशम चौधरीका बुवा हुन्। रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले लालवीरलाई समर्थन गरेको छ। यस्तै माओवादी केन्द्रका सुरेश पन्त १९१० मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका […]

जेलमा रहेका रेशम चौधरीले बर्दिया-२ बाट दर्ता गराए उम्मेदवारी

कैलाली । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । उनले बर्दिया–२ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । आइतबार वारेसनामामार्फत् उनले प्रतिनिधि सभामा उम्मेदवार दर्ता गराएका हुन्। उनको उम्मेदवारी जग्गुप्रसाद चौधरीले दर्ता गराए। उनी २०७४ सालको चुनावमा जनता समाजवादी पार्टीको तर्फबाट कैलाली(१ […]

प्रतिनिधिसभा सदस्यमा बर्दिया–२ बाट रेशम चौधरीले उम्मेदवारी दिने

नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीबाट रेशम चौधरी पनि उम्मेदवार बन्ने बताएकी छन् । रेशम चौधरीले बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने चाहना राखेको अध्यक्ष श्रेष्ठले बताइन् ।हाल जेलमा रहेका चौधरीले कानुन व्यवसायीसँग यसबारे छलफल गरेको र उम्मेदवार बन्न कानुनी अड्चन नरहेको भन्ने निष्कर्ष निकालिएको उनको भनाइ छ । रेशम उम्मेदवार बन्न लागेपछि नागरिक उन्मुक्ति पार्टीले उक्त क्षेत्रमा आक्रमक ढंगले पार्टीको संगठन