पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्य घटेको छ । डिजेलको मूल्य ४० रुपैयाँ ५४ पैसा र पेट्रोलको मूल्य १८ रुपैयाँ ५० पैसाले घटेको छ ।पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले बिहीबार पेट्रोल र डिजेलको मूल्य घटाएको घोषणा गरेका छन् ।आफ्नो घोषणामा उनले भने, ‘आज विश्व बजारमा तेलको मूल्य ह्वात्तै घटेको छ र यस्तो अवस्थामा हामीसँग पेट्रोलियम पदार्थको मूल्य घटाउने अवसर पनि छ ।’केही महिनायता पाकिस्तान सरकारले पेट्रोलको मूल्य ६० प्रतिशतसम्म बढाएको थियो भने अब सरकारले पेट्रोलको मूल्य १८ रुपैयाँ घटाउने