काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको छ । उहाँलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल समयसमयमा कम हुने देखिएपछि विशेषज्ञको परामर्शमा पेस मेकर राखिएको हो ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज राष्ट्रपति पौडेलको शरीरमा सफलतापूर्वक पेस मेकर राखिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति पौडेल यही असार २ गतेदेखि अस्पतालमा उपचाररत हु...