काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टोपबहादुर रायमाझी, प्रभु साहलगायतका नेताहरुले माओवादी केन्द्र अवैधानिक भैसकेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएपछि प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको वैधानिकतासम्बन्धी बहस सतहमा आएको छ ।२०६९ माघमा हेटौंडामा सातौं महाधिवेशन सम्पन्न गरेको नेकपा माओवादीले अर्को महाधिवेशन नगरेको नौ वर्ष भएको छ । २०७५ साल साल जेठ ३ मा एमालेसँग एकता गर्ने बेलामै संविधानतः ५ बर्षमा गरिसक्नुपर्ने महाधिवेशनको अवधि कटिसकेको थियो । तैपनि माओवादी केन्द्रका ने