आर्थिक विकासको लागि औद्योगिकरणमा जोड

पुस ३, चितवन । उद्योगी व्यावसायीहरुले आर्थिक विकासको लागि देशमा औद्योगिकरण हुनु पर्नेमा जोड दिएका छन् । चितवनमा जारी प्रथम अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनीको छैटौं संस्करण अन्तर्गत शनिवार भएको उद्योगी व्यवसायी र सरकारी निकाय बीच भएको गोष्ठी तथा सेमिनारमा आर्थिक विकास र समृद्धिका लागि औद्योगिकरण विकल्प नभएको बताएका हुन् । कार्यक्रममा तीन ओटा विषयको  प्रस्तुतीकरण बीच टिप्पणी गरिएको थियो ।  सेमिनारमा चितवन उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्कीले प्रविधि मार्फत औद्योगिक विकासका परिवर्तित आयामहरु विषायक प्रस्तुतीकरण गरेका थिए । उनले अहिले प्रविधिमार्फत मात्र औद्योगिक विकासमा फड्को मार्न सकिएको बताए ।  यसले निर्यातका सम्भावनलाई पनि उत्तिकै बढाउने कार्कीको भनाइ थियो । यस प्रस्तुतीकरणमा टिप्पणी गर्दै राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनले विश्वमा कुनैपनि देश औद्योगिकरण बिना समृद्ध बन्न नसक्ने  र औद्योगिककरण बिना समृद्धिको विकल्प नभएको बताए ।  ‘कमजोर देशले आर्थिक विकास गर्न सकेन भने उसको अस्तित्व हराएर जान्छ उनले भने, दिमाग र ज्ञानमा लगानी गरियो भने आर्थिक लगानी पनि गर्न पर्दैन ।’ नेपालमा ईच्छाशक्ति नहुनु दक्ष जनशक्ति बाहिर जानुले पनि नेपालमा औद्योगिकरण पछि परेको उनको भनाइ छ । ‘यहाँ बनाउने भन्दा नबनाउने प्रवृत्ति बढी छ’, उनले भने, ‘चलखेल नहुने हो भने १० वर्षमा औद्योगिक क्षेत्रमा व्यापक परिवर्तन हुन्छ ।’ नेपालमा कृषि, शिक्षा र स्वास्थ्यको लागि मात्र लगानी संस्कार भए औद्योगिकरणबाट आर्थिक विकास हुने पुनको भनाइ थियो ।  यही प्रस्तुतीको टिप्पणी गर्दै उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले औद्योगिकरणका लागि युवाहरुलाई लक्षित गरेर नीति बनाउनु पर्नेमा जोड दिए । ‘देश ग्लोवलाइजेशन, लिवरलाइजेशन र प्राईभेटालाइजेशनमा गइसकेको छ, उनले भने, अब औद्योगिक युवामैत्री नीति आवश्यक छ ।’ स्थायी अर्थतन्त्रको लागि पनि नेपालमा औद्योगिकिरण अपरिहार्य भएको श्रेष्ठको भनाइ थियो ।  सो अवसरमा सरकारी तवरबाट दुईओटा प्रस्तुती करण गरिएको थियो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुयश खनालले स्वदेशी उत्पादनको निकासीको अवस्था र बजारीकरणका लागि प्रवर्द्धनका उपायहरु बिषयक प्रस्तुती गरेका थिए । प्रस्तुतीकरण गर्दै उनले नेपालको निर्यातभन्दा आयातको तथ्यांक डरलाग्दो बन्दै गएको बताए ।  ‘पछिल्लो तथ्यांक अनुसार नै हामी १४१ अर्ब निर्यात गर्छौ १ हजार ५४० अर्ब आयात गर्छौ, उनले भने १ रुपैयाँ निर्यात गर्दा ११ रुपैयाँको आयात भएको अवस्था छ ।’ अर्थतन्त्रको प्रवर्द्धनको लागि पन निर्यात प्रवर्द्धन गर्नुपर्ने भन्दै उनले ट्रेड एक्स्पो, ट्रेड फेयरमार्फत पनि स्वदेशी उत्पादनलाई  प्रवर्द्धन गर्नुपर्ने बताए । खनालको प्रस्तुतिमाथि टिप्पणी गर्दै उद्योग वाणिज्य संघ, चितवनका पूर्व अध्यक्ष मित्रलाल दवाडीले उद्योग तथा उत्पादन बिना आर्थिक विकासको कल्पना गर्न नसकिने बताए । देशमा औद्योगिकरण दु्रत गतिमा हुनुपर्ने भन्दै दवाडीले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न श्रम सस्तो र उत्पादन गुणस्तर हुनुपर्ने बताए ।  ‘नेपालमा ६० प्रतिशत जनशक्ति कृषिमा छ । यो श्रमशक्ति अब फाइदा नहुने क्षेत्रभन्दा औद्योगिक क्षेत्र तर्फ लगाउनु पर्‍यो’, दवाडीले भने । कृषिमा चक्लाबन्दी, औद्योगिकिरण, यान्त्रिकिकरण गरी आत्मनिर्भरको अर्थतन्त्र बन्न उन्मुख हुनुपर्ने उनको तर्क थियो ।  यस प्रस्तुतीकरणको टिप्पणी गर्दै नेपाल उद्योग परिसंघ, वाग्मती प्रदेशका अध्यक्ष भेषराज दुवाडीले औद्योगिकरण बाटनै उत्पादन बढाउनु पर्नेमा जोड दिए । कृषि प्रधान देशमै कृषि उपज बाहिरबाट ल्याउनुपर्ने बाध्यता भएको भन्दै माटो सुहाउँदो उद्योगहरु स्थापना गर्नुपर्नेमा जोड दिए । ‘शिक्षा, स्वास्थ्यमा हुने लगानी बाहिर जान रोकियो भने, कृषिजन्य उद्योगहरुको संख्या बढाइयो भने व्यापार घाटा पनि कम हुन्छ’, उनले भने । कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव नारायण प्रसाद दुवाडीले औद्योगिक नीति तथा कार्यक्रम, नेपालमा औद्योगिक अवस्था अवसर र संभावना विषायक प्रस्तुतीकरण दिएका थिए । उनले यस्ता औद्योगिक प्रदर्शनीले नीतिगत महत्व दिने बताए । नेपाल औद्योगिकरणको बाटोमा गएको भनिए पनि अझै अन्यौलको स्थिति रहेको उनले बताए । ‘औद्योगिकरण कुन लेवलमा छ, औद्योगिकरण भएको छ कि छैन भन्ने बिषय अझै अन्यौलमा छ’, उनले भने । देशमा उत्पादनमुलक भन्दा बढी सेवामुलक व्यवसाय हाबी भएको कारण पनि औद्योगिकिरणले गतिलिन नसकेको उनको भनाइ थियो । विदेशी लगानीबाट पनि सीप र ज्ञान प्रविधि भित्रने भन्दै उनले वौद्धिक सम्पतिको पनि लगानी हुनु पर्नेमा जोड दिए ।  प्रस्तुतीमा टिप्पणी गर्दे चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेलले सरकारले उद्योग क्षेत्रलाई नै कम प्राथमिकतामा राखेका कारण औद्योगिकरणको बाटोमा अपेक्षा गरे अनुसार अघि बढ्न नसकेको बताए । औद्योगिकरणको लागि सरकारले कच्चा पदार्थमा र निर्यात वस्तुमा सहुलियत दिनु  पर्नेमा उनले जोड दिए ।  ‘अघिल्लो पुस्ता, अहिलेको पुस्ता र अबको पुस्ता एकाकार भएर औद्योगिकरण तर्फ जानु जरुरी छ’, पौडेलले भने, यसबाट मात्रै आर्थिक विकास सम्भव छ ।’ चितवन उद्योग संघ, गर्भनिङ्ग काउन्सिलका अध्यक्ष सोमराज मरहट्ठाले  निर्माण कम्पनीको भुक्तानी ढिलाईका कारण कतिपय आयोजना पूरा हुन नसकेको र यस्ता उद्योग तथा व्यवसायमा आकर्षण बढ्न नसकेको बताए । 

सम्बन्धित सामग्री

विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड

चीनका राष्ट्रपति सी चिनफिङले विकासको नयाँ ढाँचा स्थापनामा जोड दिनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी० केन्द्रीय समितिका महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनाका साथै सुरक्षाा र विकासका प्रयासलाई बढावा दिनुपर्नेमा जोड दिनुभएको हो । सिपिसी राजनीतिक ब्यूरोको बैठकमा महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनालाई तीव्र गतिमा अघि बढाउँदै दोस्रो शताव्दीको लक्ष्य हासिल गर्न र […]

फुटबल विकासको लागि स्पोन्सरसिप सम्झौता

नेपालको फुटबलको विकासको लागि जापानका सफल नेपाली व्यवसायी विनोद शेरचनले व्यक्तिगत पहल र अग्रसरतामा सहयोगको थालनी गरेका छन्।...

फुटबल विकासको लागि स्पोन्सरसिप सम्झौता

नेपालको फुटबलको विकासको लागि जापानका सफल नेपाली व्यवसायी विनोद शेरचनले व्यक्तिगत पहल र अग्रसरतामा सहयोगको थालनी गरेका छन्।...

आर्थिक विकासको मेरुदण्ड सञ्चारमाध्यम

सञ्चारमाध्यम नै समग्र आर्थिक विकासको मेरुदण्ड हो । यदि सञ्चारमाध्यमले मुलुकको आर्थिक विकासको रूपान्तरणमा पुलको काम नगरेको भए आज हामी कुन अवस्थामा हुन्थ्यौं, मुलुकको आर्थिक अवस्था कस्तो हुन्थ्यो, कल्पना गर्न पनि सकिन्न । त्यसैले छोटो समयमा नै सञ्चार प्रविधिहरूले विकासको गति लिएका मुलुकहरूमध्ये हाम्रो देश नेपाल पनि एक हो । यसरी सञ्चारको विकास नहुने हो […]

संघीयताभित्र विकासको तानाशाहीकरण भयोः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीयताभित्र प्रदेश संरचना निर्माण भइसकेपछि विकासको तानाशाहीकरण भएको आरोप लगाएका छन् । ‘अरु जेसुकै भए पनि यो संघीयताभित्र प्रदेश संरचना निर्माण भइसकेपछि विकासको तानाशाहीकरण भएको छ,’ राईले भने ।

स्थानीयलाई नै विकासको जिम्मेवारी दिनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन्।

उल्टो चक्रमा विकासको गति

काठमाडौं, फागुन ४ । पूर्वाधार विकासमा प्रगति बढ्दो क्रममा हुन्छ तर सात वर्षदेखि निर्माणाधीन एक आयोजनामा विकासको सूचक उल्टो देखिएको छ । राजधानीसँग जोडिएको एउटा परियोजना नै विकासको उल्टो घडीमा घुम्दैछ । सातौँ पटक म्याद थप गरिए पनि कुल १७.०१ किलोमिटर लम्बाइ रहेको सो सडकको विस्तार कार्य सम्पन्न हुन सकेको छैन । बरु सम्झौता भएको […]

शिक्षा र आर्थिक विकासको सन्दर्भ

शिक्षा कुनै पनि देशको समग्र विकासको आधार भएकाले यसको विकासमा विशेष ध्यान दिइन्छ । आज विकसित र सभ्य देशको साक्षरताको प्रतिशत लगभग शतप्रतिशत रहेको देखिन्छ । हाम्रो देशमा पनि पछिल्ला केही वर्षदेखि साक्षरहरूको संख्यामा लगातार वृद्धि भएको छ । जबसम्म आमनागरिक साक्षर हुँदैनन तबसम्म विकासको गति तीव्र हुँदैन । शिक्षा र विकास एकै सिक्काका दुई […]

विकासको बाटोमा अघि बढ्नु आजको आवश्यक्ता हो – प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिमा अगाडी बढ्नु नै आजको आवश्यकता भएको बताएका छन्। उनले लोकतन्त्रलाई सही ढंगले उपयोग गर्दै विकासको बाटोमा अगाडी बढ्नुपर्नेमा जोड दिए।

‘प्राकृतिक विपत्ति भए पनि विकासको लक्ष्य हासिल हुन्छ’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बाबजुद पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् । काठमाडौंमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौती थपे पनि विकासको लक्ष्य भेट्ने बताए । उनले नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी […]