नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजित भएको छ । केही समययता एक अर्कामाथि कारवाही श्रृङ्खला चलेको सो पार्टी शुक्रबार औपचारिक रुपमै विभाजित भएको हो । चितवनमा भएको धर्मेन्द्र बास्तोला समूहको राष्ट्रिय भेलाबाट नेकपा (बहुमत) गठनको घोषणा गरिएको छ । भेलाले बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको एक नेताले जानकारी दिए । महाधिवेशन आगामी फागुन १ गते हुनेगरी टुंगो लगाइएको एक नेताले जानकारी दिए । राष्ट्रिय भेलाले एकीकृत जनक्रान्तिको कार्यदिशा खारेज गरेको छ भने व