दाङको ६० प्रतिशत मतदान सम्पन्न भएको छ। विहान ७ देखि सवा ३ बजेसम्म ६० प्रतिशत मतदान भएको लुम्बिनी प्रदेश निर्वाचन अधिकृत नारायणप्रसाद भण्डारीले बताए।मतदान कार्य जारी भएकाले अझै बढ्न सक्ने भण्डारीले बताए। दाङमा घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित सात गाउँपालिका छन्।