बागमती प्रदेश कांग्रेस संसदीय दलको मतदान सम्पन्न, मत गणनाको तयारी

कांग्रेसको बागमती प्रदेश संसदीय दलको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिंह लामाले उम्मेदवारी दिएका छन् ।  निर्वाचन समितिका अनुसार बागमती प्रदेशसमामा कांग्रेसका ३७ सांसद रहेकोमा शत प्रतिशत अर्थात् ३७ जनाले नै मतदानमा भाग लिएका छन् । अब केही बेरमै मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।