बझाङ-छिमेकी राष्ट्र चीनको तिब्बतसँग व्यापारिक सम्बन्ध रहेको सुदूरपश्चिम प्रदेशको ताक्लाकोट नाकामा राज्यको नजर अझैसम्म पर्ने सकेको छैन ।
नाका सञ्चालनमा ल्याउन सके सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत सुदूर नेपालको आर्थिक स्तर माथि उठ्न सक्ने भए पनि राज्यको नजर नपुगेको हो । बझाङ सदरमुकाम चैपुरबाट झन्डै १ सय ४ किलोमिटरको दूरीमा रहेको ताक्लाकोट नाका सञ्चालन गर्नुपर्छ भनेर २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घोष गरेसँगै यो चर्चाको विषय बनेको हो ।
त्यसपछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पनि सुदूरपश्चिमका व...