गुल्मी – गुल्मीमा आगोमा जलेर एक जनाको ज्यान गएको छ । इस्मा गाउँपालिका वडा नम्बर १ हस्तीचौरकी ८३ वर्षीया पवित्रा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहनुभएकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जङ्ग खत्रीले जानकारी दिनुभयो । घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै ज्यान गएकाे इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर खत्रीले जानकारी दिनुभयो ।
गए राती गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रिडीका अनुसार गए राती करिब २ बजे सत्यवती गाउँपालिका -३ ठुलोलुम्पेक बाट कुतडाडा जाँदै गरेको ५३४० नम्बरको डबल क्याप जिप कुढडाँडामा दुर्घटना हुँदा चार जनाको घटना स्थलमै र एक जनाको उपचार गर्न पाल्पा पठाइएकोमा बाटोमै मृत्यु भएको हो ।मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ का जिप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहडी , ४७ वर्षका रनबहादुर सिंजापती , वर्ष २५ का मिलन तरामु रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीक
काठमाडौं । पाल्पा र गुल्मीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका– ३ घर भइ तानसेन नगरपालिका–१ गैरागाउँ बस्दै आएका ३४ वर्षीय महेश राईको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हाे। तानसेन नगरपालिका–४ मा घर निर्माणका क्रममा अचानक करेन्ट लागेर घाइते भएका राईको तानसेन मिशन अस्पताल […]
गत आर्थिक वर्ष २०७८/७९ मा गुल्मीमा जम्मा १० किलोमिटर ३५२ मिटर सडक कालोपत्र भएको छ । गुल्मीमा पूर्वाधार विकास कार्यालय, सङ्घीय आयोजना कार्यान्वयन एकाइ, मदन भण्डारी राजमार्ग र सडक डिभिजन पाल्पा गरी चार कार्यालयले सडक आयोजनाको काम गर्दै आएका छन् । मदन भण्डारी राजमार्ग आयोजनाबाट सडक कालोपत्र नै भएको छैन । बाँकी तीन कार्यालयबाट थोरै–थोरै मात्रामा सडक कालोपत्र भएको छ । कालोपत्र गरिएकामध्ये सबैभन्दा धेरै पूर्वाधार विकास कार्यालयअन्तर्गतको ठेक्काबाट ८.५ किलोमिटर छ । तम्घास–रेसुङ्गा सडक
बुटवल– पाल्पा र गुल्मीमा दुईजना व्यक्ति मृत फेला परेका छन्। पाल्पाको सर्दिखोला किनारमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ तानसिङ्गलस्थित बलबहादुर विककी ३२ वर्षीया श्रीमती सुमित्रा विकको शव फेला परेको हो। उनको शव घरदेखि ७ किलोमिटर दूरीमा पर्ने सर्दीखोलामा फेला परेको प्रहरीले जनाएको छ। यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडा […]
गुल्मीमा एउटा प्रसिद्ध उखान छ, ‘दिगाम जानु खुदाको पाहुर ।’ दिगाममा प्रशस्त खुदो उत्पादन हुने हुँदा त्यहाँ खुदोको कोसेलीप्रति रुचि हुँदैन भन्ने अर्थमा यो उखान चलेको हो । स्वादिलो र तागतिलो खुदो खान पाउनु सर्वसाधारणको हैसियतको कुरा थिएन । जसको घरमा हुन्थ्यो, उनीहरू पनि भने जति खान पाउँदैनथे । विशेष अवसरमा विशेष परिकारमा प्रयोग गर्न […]
The post पाल्पा खस्यौलीको खुदो संस्कृति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
गुल्मी : गुल्मीमा एम्बुलेन्स चालकमाथि गएराति ९ बजे कुटपिट भएको छ।२८ वर्षीय लालबहादुर खत्रीमाथि रेसुंगा नगरपालिका-१ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले कुटेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।कुटपिटपछि बोहोरा फरार भएका र उनको खोजी भइरहेको गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए। खत्रीको टाउकोमा गम्भीर चोट लागेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ।खत्रीमाथि इस्मा गाउँपालिका-१ हस्तिचौरमा बोहोराले
गुल्मीमा एक एम्बुलेन्स चालकमाथि कुटपिट भएको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्रीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेयका अनुसार एम्बुलेन्स चालकलाई रेसुंगा नगरपालिका– १ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले कुटपिट गरेको बताए ।चालक खत्रीको टाउकोमा गम्भीर चोट लागेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा उपचार गर्न ल्याएको छ । घटन
कोरोना भाइरसको सङ्क्रमणबाट गुल्मीमा एक पुरुषको ज्यान गएको छ । गुल्मी छत्रकोटा गाउँपालिका–३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति घरमै निधन भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिए ।गत बिहीबार भारतबाट घर आएका उनलाई शुक्रबार सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो । शनिबार राति ९ बजेसम्म घरमा खाना खाएर बस्दासम्म सामान्य अवस्थामा रहेका उनलाई राति साढे १० बजे श्वास फेर्न गाह्रो भएको थियो । राति नै उपचारका लागि पाल्पा लैजाने तयारी गर्दागर्दै उन