जिल्ला प्रशासनद्वारा विपन्नहरुलाई कम्बल वितरण

शितलहर बढ्दै गएपछि नवलपरासीको जिल्ला प्रशासन कार्यालयले विपन्न परिवार सदस्यहरुलाई कम्बल वितरण गरेको छ ।पश्चिम नवलपरासीको विपद् व्यावस्थापन समितिको योजनामा जिल्ला सदरमुकाम परासी क्षेत्रका विपन्न, अपाङ्गता र असाहायहरुलाई बिहीबारदेखि कम्बल वितरण सुरु गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्राले बताउनुभएको छ ।

सम्बन्धित सामग्री

एक हजारभन्दा बढी विपन्नलाई कम्बल वितरण

सर्लाही, माघ १४ । जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले अतिविपन्न नागरिकलाई कम्बल वितरण गरेको छ । मधेस प्रदेश सरकारले उपलव्ध गराएको एक हजार दुई सय ८० थान कम्बल अतिविपन्न नागरिकलाई वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले राससलाई जानकारी दिए। प्रजिअ धमलाका अनुसार जिल्लाको मलङ्गवा, बलरा, गोडैता, कविलासी, […]

राउटे समुदायलाई राहत सामग्री वितरण

काठमाडौं : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा-२ राउतकोटमा रहेका राउटे समुदायलाई राहत सामग्री वितरण गरेको छ।प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगरले बुधबार राउटे समुदायलाई खाद्यान्न दाल, चामल, पाल, कपडा र कम्बल वितरण गरिएको जानकारी दिए।उनका अनुसार स्थानीय निर्वाचित जनप्रतिनिधिहरू, नेफिन कर्णाली प्रदेश मुख्य सचिव खगेन्द्र पुन र जिल्ला प्रहरी कार्यालय दैलेखको डिएसपी किशोर लम्साल, भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत विभिन्न

रेडक्रसद्वारा रौतहटमा सयौँ परिवारलाई कम्बल वितरण

रौतहट । नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले सयौँ परिवारलाई न्यानो कम्बल वितरण गरेको छ। पछिल्लो केही दिनदेखि बढेको चिसो बाट बचाउन सोसाइटी सभापति राजकिशोर यादवको पहलमा स्थानीय सयौँ परिवारलाई कम्बल वितरण गरिएको हो ।

विपन्नलाई कम्बल वितरण

पूर्वी नवलपरासीमा जिल्ला प्रशासन कार्यालयले जाडोले कठांग्रिएका विपन्न परिवारलाई १० लाख मूल्य बराबरको कम्बल वितरण गरेको छ ।

मानव सेवा आश्रमलाई कम्बल सहयोग

नेपालगञ्ज – कर्मचारी मिलन केन्द्र, बाँकेले मानव सेवा आश्रममा कम्बल सहयोग गरेको छ। केन्द्रले आश्रमलाई ५० थान कम्बल सहयोग गरेको हो। चिसोका कारण आश्रममा रहेका असहाय व्यक्ति प्रभावित भएपछि केन्द्रले आश्रम सञ्चालकसँग सल्लाह गरी कम्बल वितरण गरेको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आश्रम सञ्चालक सिर्जना ओलीलाई कम्बल हस्तान्तरण गरे। प्रजिअ खत्रीले घर, परिवार […]

मगन्तालाई कम्बल वितरण

नेपालगञ्ज – जिल्ला विपद व्यवस्थापन समिति, बाँकेले हिरमिनियाका मगन्तालाई कम्बल वितरण गरेको छ। डुडुवा गाउँपालिका–१, मगन्ताटोलका ४२ घरपरिवारलाई जिल्ला विपद व्यवस्थापन समितिले कम्बल वितरण गरेको हो। मगन्ताटोलमा एक सय १२ घर रहेका छन्। नेपाली सेनाको भैरवप्रसाद गण, रोयल नेपालगञ्ज फुटबल क्लव, वेष्टर्न अस्पतालले संयुक्त रुपमा यसअघि त्यहाँका गर्भवती, ज्येष्ठ नागरिकलाई प्राथमिकता दिएर ७० जनालाई कम्बल […]

चिसोबाट अति प्रभावित समुदायलाई कम्बल वितरण

अत्याधिक चिसो र शीतलहरको कारण जनजीवन प्रभावित भएपछि विपद् व्यवस्थापन समिति बाँकेले जिल्लाका विपन्न समुदायलाई कम्बल वितरण गरेको छ। डुुडुवा गाउँपालिका ६ मगन्ता टोलका अति विपन्न मगन्ता समुदायका ४२ जनालाई बुधबार वडामै गएर कम्बल वितरण गरिएको हो। वडा कार्यालयको समन्वयमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीसहितको टोलीले डुडुवाको वडा नम्बर ६ मगन्ता टोलमा पुगेर त्यहाँका ४२ जना अतिविपन्नलाई कम्बल वितरण गरेको हो।

शितलहर प्रभावितलाई प्रहरीद्वारा कम्बल वितरण

महोत्तरीमा शितलहर प्रभावितहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले कम्बल वितरण गरेको छ । जलेश्वर नगरपालिका वडा नं. ३ र ६ का पचास घरलाई प्रति परिवार एक थानको दरले महोत्तरीका प्रहरी र...

सशस्त्र प्रहरीले बाँड्यो कम्बल

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१० र ११ घुमखहरे लौरिदमारमा रहेका अति विपन्न वादी समुदायका १५ घर परिवारलाई कम्बल वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले उक्त कम्बल वितरण गरेका हुन् । सशस्त्र प्रहरी बल नेपाल न. ३२ गण हे.क्वा. रक्तकाली सुर्खेतको समन्वयमा उक्त वितरण कार्यक्रम सम्पन्न भएको थियो । […] The post सशस्त्र प्रहरीले बाँड्यो कम्बल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

जिल्ला प्रशासनद्वारा कारागारका कैदीबन्दीलाई कम्बल वितरण

जिल्ला कारागार सिरहामा रहेका कैदीबन्दीलाई जिल्ला प्रशासन कार्यालय सिरहाले कम्बल वितरण गरेको छ । चिसो बढ्दै