अत्याधिक चिसो र शीतलहरको कारण जनजीवन प्रभावित भएपछि विपद् व्यवस्थापन समिति बाँकेले जिल्लाका विपन्न समुदायलाई कम्बल वितरण गरेको छ।
डुुडुवा गाउँपालिका ६ मगन्ता टोलका अति विपन्न मगन्ता समुदायका ४२ जनालाई बुधबार वडामै गएर कम्बल वितरण गरिएको हो।
वडा कार्यालयको समन्वयमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीसहितको टोलीले डुडुवाको वडा नम्बर ६ मगन्ता टोलमा पुगेर त्यहाँका ४२ जना अतिविपन्नलाई कम्बल वितरण गरेको हो।