१६ असार, काठमाडौं । नेपालले हरेक वर्ष ठूलो रकम विमानस्थल पूर्वाधारमा खर्च गरिरहेको छ । तर, सडक यातायातको पहुँच विस्तार तथा व्यावसायिक सम्भाव्यता अध्ययनविना गरिएको लगानीका कारण विमानस्थल नियमित सञ्चालनको वातावरण भने बनेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार देशभर अहिले ५३ वटा विमानस्थल निर्माण सम्पन्न भएको अवस्थामा रहेका छन् । […]