बालेन–कुलमानबीच कर र महशुल विवाद, के हो ‘वाक युद्ध’को चुरो कुरो ?

सम्पत्ति कर र सडक बत्तीको महशुलका विषयमा काठमाडौँ महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच एक किसिमको ‘वाक युद्ध’ जारी छ । एक आपसमा संवाद र छलफलबाट समस्या समाधान गर्नुको सट्टा महानगर र प्राधिकरण आरोप–पत्यारोपमै उत्रिएका छन् । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले त फेसबुकमै स्टाटस समेत लेख्न भ्याए । उता प्राधिकरणका अधिकारीहरु भने कानुनले प्राधिकरणलाई स्थानीय कर तिर्नु पर्दैन भनेर छुट दिएको दाबी प्रस्तुत गरिरहेका छन् ।आ–आफ्नै दाबीकाठमाडौँ महानगरपालिकाले नेपाल प्राधिकरणबाट १४ करोड रुपैयाँ कर उठाउन बाँकी रहेको दलिल पेश गरिरहेको छ । उता प्राधिकरणले भने महानगरको क्षेत्राधिकार भित्रका सडकमा सडकबत्ती बालेवापतको २ अर्ब रुपैयाँ महशुल महानगरको नाममा बक्यौता रहेको जनाइरहेको छ । महानगरका मेयर शाहले फेसबुकमा स्टाटस लेख्दै प्राधिकरणले लिन बाँकी भनेको महशुल र महानगरले उठाउने कर फरक विषय भएकाले सापटी लेनदेन जसरी हिसाब मिलान गराउने खेल मान्य नहुने जनाइसकेका छन् । वार्षिक कारोबार र आम्दानीको समेत कर तिर्नुपर्ने दाबी महागरको छ ।प्राधिकरणले भने आफूले स्थानीय कर तिर्नु नपर्ने तर, सडकमा जडान गरिएका सडक बत्तीको महशुल भने महानगरले अनिवार्य तिर्नुपर्ने सर्त तेर्स्याइरहेको छ ।विवाद पूरानै, अहिले चर्कियो‘काठमाडौं महानगरपालिकाभित्र कुन सडकमा, कुन मिटरमा, कहिलेदेखिको रकम बक्यौता रहेको उल्लेख नगरी महानगरपालिकाको नाममा पत्राचार गर्नु र सञ्चारमाध्यममा सो विषयमा उल्लेख गर्नु गैरजिम्मेवार काम हो,’ काठमाडौँका मेयर बालेनले मंगलबार आफ्नो फेसबुकमा लेखेका छन्, ‘सार्वजनिक मठ–मन्दिर, सडक बत्ती, सार्वजनिक स्थानमा बालेको वा बलेको बत्तीको रकम दाखिला गर भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दाखिला गर्न पठाउने भन्ने प्रश्नको उत्तर स्पष्ट हुनुपर्छ ।’मेयर शाहले घुमाउरो तरिकाले प्राधिकरणलाई ‘ब्यापार मात्रै गर्न बसेको हो ?, सामाजिक उत्तरदायित्व खोई ?’ भन्ने प्रश्न गरेका छन् । यता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने मठ–मन्दिरमा जडान गरिएको बिजुली वापतको महशुलको भुक्तानी महानगरपालिकासँग नमागिएको बताएका छन् । तर, महानगरले प्राधिकरणलाई तिर्न बाँकी रहेको १ अर्ब ९८ करोड २१ लाख महशुल कुन क्षेत्रमा, कति सडक बत्ती प्रयोग वापतको हो भन्ने कुराको प्रष्ट विवरण प्राधिकरणसँग रहेको दाबी उनको छ ।सडक बत्ती वापतको महशुल २०७४ साल अगाडीको अर्थ मन्त्रालयले तिर्ने र त्यसपछिको सम्बन्धित स्थानीय तहले नै तिर्ने गरी २०७४ सालमै मन्त्रिपरिषदे निर्णय गरेको विषयमा अनावश्यक विवाद गर्न गलत हो भन्छन् घिसिङ ।कानुनले पनि प्राधिकरणको कारोबारमा स्थानीय कर नलाग्ने व्यवस्था गरेको छ । नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को दफा ३२ मा ‘प्राधिकरणको कारोबारमा कुनै किसिमको स्थानीय कर लाग्ने छैन’ भनेर लेखिएको छ । विवाद समाधानका लागि एक आपसमा वार्ता र संवाद गर्नुको सट्टा मेयर बालेन र प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले एक अर्कासँग यसबारे कुरासमेत गरेका छैनन् । यसलाई दूबै जनाले आ–आफ्नो प्रतिष्ठा र सस्तो लोकप्रीयताको नजरले मात्रै हेर्दा समस्या सुल्झिनुको सट्टा बल्झिने बाटोमा अघि बढिरहेको छ ।यसअघिःकुलमानलाई बालेनको काउण्टर, ‘कर र महसुल फरक कुरा हुन् भन्ने बुझ्नुहोस्’

सम्बन्धित सामग्री

डेडिकेटेड र ट्रंक लाइन महशुल विवादको स्थायी समाधान

उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच डेडिकेटेड फिडर र ट्रंक लाइनको महशुल विवाद विगत ८ वर्षदेखि अल्झिरहेको छ । यस विषयलाई प्राधिकरणले समाधान गर्न नचाहेको हो वा व्यवसायीको महशुल नतिर्ने नियत हो भन्नेमा सधंै अस्पष्टता कायम रहनु दुवै पक्षका लागि राम्रो होइन । उद्योगीहरूको काम प्राधिकरणसँग विवाद गरेर बसिरहनु पनि होइन तर यो विवाद बेला बेलामा आइरहने र फेरि थन्किने गरेको छ । यसले सरकारी काममा हुने गैरजिम्मेवारी र लापरबाहीलाई देखाएको छ ।  डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका व्यवसायीले महशुल तिर्नैपर्ने अडानमा प्राधिकरण देखिन्छ । तर, उद्योगीहरू भने आफूले उपभोग गर्दै नगरेको बिजुलीको महशुल तिर्न लगाइएको भनी विरोधमा छन् । उनीहरूले त्यस्तो बिजुली प्रयोग गरेको प्रमाण देखाउन प्राधिकरणलाई चुनौती दिएका छन् । यो विवाद अदालत र अख्तियारसम्म पुगे पनि समाधानको बाटो निक्लिएको छैन । सोमवार निजी क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटेर यो समस्या अवगत गराउँदा प्रधानमन्त्री दाहालले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई फोन गरेर समस्याको समाधान गर्न अध्ययन भइरहेकाले उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न निर्देशन दिनुभएको समाचार आएको छ । वर्षौंदेखि अल्झिएको यो विवादलाई समाधान गर्नुपर्नेमा मौखिक आदेश दिएर तत्काललाई पन्छाउने खोजिएको छ । यो गलत हो । यदि उद्योगीहरूले बक्यौता तिर्नैपर्ने हो भने तिर्न लगाउनुपर्छ । यदि प्राधिकरण नियमसम्मत ढंगले काम गरिरहेको छ भने उसले प्रधानमन्त्रीलाई यो कुरा भन्न पनि सक्नुपर्छ । तर, निर्देशन आएपछि चुप लाग्ने र प्राधिकरणको ब्यालेन्स सीटमा नाफा देखाउनुपर्ने अवस्था आएमा यसलाई सम्झने प्रवृत्ति निकै खराब छ । यसले स्थिति बसाल्ने होइन, बिगार्ने काम गरेको छ ।  नेपालको शासकीय चरित्र नै विधि र प्रक्रिया स्थापित गर्नु हैन, आफ्नो मुठीमा राख्नु हो जसले गर्दा आफ्नो इच्छाअनुसार कुनै पनि संस्थामा हस्तक्षेप गर्न पाइन्छ, राजनीतिक नियुक्ति गर्न पाइन्छ र आफ्ना अन्य स्वार्थ पूरा गर्न पाइन्छ । यदि प्रधानमन्त्रीले समस्याको दिगो समाधान खोजेको हो भने प्राधिकरणलाई विधिसम्मत तरीकाले समस्याको निकास खोज्नुहोस्् भन्न सक्नुपथ्र्यो । त्यो भन्ने हिम्मत प्रधानमन्त्रीमा देखिएन । हो, लोडशेडिङका बेला उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत बिजुली दिइएको थियो । डिजेलबाट बिजुली निकाल्नुभन्दा अतिरिक्त महशुल तिरेर प्राधिकरणको बिजुली उपभोग गर्नु उद्योगहरूका लागि केही फाइदाकारी नै थियो । तर, मुलुक लोडशेडिङमुक्त भइसकेपछि उद्योगीहरूबाट अतिरिक्त महशुल तिनु उपयुक्त हुँदै होइन ।  उद्योगी र प्राधिकरणबीच विवाद भएपछि निजीक्षेत्रका प्रतिनिधिमूलक संस्था, सरकारी प्रतिनिधि र प्राधिकरण तीन पक्ष बसेर समाधान निकाल्न कुनै ठूलो समस्या देखिँदैन । तर, यसका लागि प्राधिकरण तयार देखिँदैन । उद्योगी र प्राधिकरणबीच विवाद भएपछि निजीक्षेत्रका प्रतिनिधिमूलक संस्था, सरकारी प्रतिनिधि र प्राधिकरण तीन पक्ष बसेर समाधान निकाल्न कुनै ठूलो समस्या देखिँदैन । तर, यसका लागि प्राधिकरण तयार देखिँदैन । प्राधिकरण सरकारी निकाय भएकाले ऊ बढी जिम्मेवार हुनुपर्छ । समस्यालाई अनन्तकालसम्म लम्ब्याउँदा त्यसले थप समस्या निम्त्याउँछ जुन प्राधिकरणका लागि राम्रो हुँदैन । अहिले प्राधिकरणले भारतलाई बेचेको भन्दा निकै बढी मूल्यमा उद्योगहरूलाई बिजुली विक्री गरिरहेको छ । यदि नियमित आपूर्ति हुने हो भने उद्योगहरूको लागत कम पर्ने हुँदा प्रतिस्पर्धी क्षमता बढ्छ । व्यवसायीले मुनाफा कमाएका छन् तर त्यससँगै रोजगारी दिएका छन्, सरकारलाई कर तिरिरहेका छन् र अर्थतन्त्रमा योगदान दिएका छन् । यस्ता उद्योगको मागलाई पनि प्राधिकरण र सरकारले सुन्नुपर्छ । मुख्य कुरा यो विवादले प्राधिकरण र उद्योगी दुवैलाई राम्रो गरेको छैन । महशुलको विवादमै ७/८ वर्ष बित्नु र त्यसको समाधान नहुुनु भनेको लज्जास्पद विषय हो । अझ त्यसका लागि थुप्रै समिति बने पनि तिनले सही निकास दिन नसक्नु विडम्बना नै हो । अत: सरकारले विधि र प्रक्रिया पूरा गरेर डेडिकेटेड फिडर र ट्रंक लाइनको महशुल विवाद छिटो सल्टाउनुपर्छ ।

एनसेलको कल शुल्क घट्यो

काठमाडौं । एनसेलले कल शुल्क घटाएको छ । एनसेलले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक प्रति मिनेट १ रुपैयाँ ६२ कायम गरेको जनाएको छ । यस अघि कुनै पनि नेटवर्कमा लोकल कल गर्दा कर बाहेक १ रुपैयाँ ९९ पैसा शुल्क रहेको […]

महानगरले विद्युतको महशुल तिर्न बाँकी छैन : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणको महशुल दाखिला नगरेको भन्ने बिषयमा सत्यता नभएका मेयर बालेन साहले बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल फेशबुकमार्फत मेयर बालेनले महानगरले विद्युतको महशुल तिर्न बाँकी नरहेको स्पष्ट पारेका हुन् । महानगरले कर तिर्न ताकेता गरेपछि प्राधिकरणले विद्युत महशुलमा कटौती गरेको दाबी गरेको थियो। सो दाबीपछि मेयर बालेनले महानगरले महशुल […]

महानगरले बत्तीको रकम तिर्न बाँकी छैन : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणको महशुल दाखिला नगरेको भन्ने बिषयलाई प्रतिवाद गरेको छ।महानगरका मेयर बालेन शाहले यस बिषयमा फेशबुकमार्फत खण्डन गरेका हुन्।महानगरले कर तिर्न ताकेता गरेपछि प्राधिकरणले विद्युत महशुलमा कटाैती गरेकाे दाबी गरेकाे थियाे। साे दाबीपछि मेयर शाहले महानगरले महशुल तिर्न बाँकी नरहेकाे र भएपनि कर र महशुल साटासाट गर्ने बिषय नभएकाे प्रष्ट गरेका छन्।यस बिषयमा बालेनले भनेका छन्।१. काठमाडौं महानगरपालिका काठमाडौं महानगरबासीको सेवाक

एनसेलले घटायो सबै लोकल कलको महशुल दर, अब कुनको कति ?

काठमाडौं । एनसेलले सबै लोकल कलको महशुल दर घटाएको छ । एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक १ रुपैयाँ ९९ पैसा प्रति मिनेटबाट घटाइ कर […]

एनसेलले घटायो लोकल कलको महशुल दर

एनसेलका ग्राहकले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवा लिन पाउने भएका छन् ।एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर करबाहेक १.९९ रुपैयाँ प्रतिमिनेटबाट घटाइ कर बाहेक प्रतिमिनेट१.६२ रुपैयाँ कायम गरेको छ ।प्रिपेड ग्राहकका लागि लागू भएको यो नयाँ […]

एनसेलले घटायो सबै लोकल कलको महशुल दर

काठमाडौं– एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक रु १.९९ प्रति मिनेटबाट घटाइ करबाहेक प्रति मिनेट रु १.६२ कायम गरेको छ । प्रिपेड […]

विद्युत् महशुल र कर बुझाउने समय थप गर्न माग

वीरगन्जका उद्योगी व्यवायीहरुले विद्युत् महशुल र कर तिर्ने समय थप गर्न माग गरेका छन् ।कोरोना संक्रमण नियन्त्रणका लागि बारा–पर्सा जिल्लामा समेत स्थानीय प्रशासनले यही वैशाख १६ गतेदेखि लागू गरेको निषेधाज्ञाका कारण दैनिक उपभोग्यबाहेकका व्यापार, व्यवसाय, उद्योग तथा आवागमन बन्द समेत रहेको र उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा कामदारहरु पनि उद्योग प्रतिष्ठानमा आवतजावत गर्न […]

विद्युत् महशुल र कर बुझाउने समय थप्न बारा / पर्साका व्यवसायीको माग

वैशाख २४, वीरगञ्ज । बारा र पर्साका उद्योगी व्यवयासीले विद्युत् महशुल र कर बुझाउने समय थप्न सरकारसँग माग गरेका छन् । यस क्षेत्रमा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएकाले दैनिक उत्पादन, व्यवसाय र प्रशासनिक कामकारवाही प्रभावित भएको भन्दै यस्तो समय थप्नुपर्ने माग निजी क्षेत्रले गरेको हो ।   बारा÷पर्साका उद्योगी व्यवसायीहरूको छाता संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले नेपाल विद्युत् प्राधिकरण र आन्तरिक राजस्व विभागलाई पत्र लेखेर तोकिएको समयभित्र विद्युत् महसुल र कर दाखिला गर्न सक्ने अवस्था नरहेको बताएको छ ।  स्वास्थ्य संवेदनशीलताका कारण उद्योग प्रतिष्ठानमा कर्मचारी तथा कामदार आवतजावत गर्न नसकेकाले समस्या भएको संघका अध्यक्ष सुवोधकुमार गुप्ताले बताए । कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाले दैनिक उपभोग्यवाहेकका व्यापार, व्यवसाय, उद्योग तथा आवागमनसमेत बन्द भएकाले समस्या भएको गुप्ताको भनाइ छ । विगत बन्दाबन्दीले मारमा परेका उद्योग व्यवसाय सामान्य गतिमा अघि बढ्नेक्रममा रहेका बेला कोरोनाको दास्रो लहर शुरू भएको र नियन्त्रणका लागि अपनाइएको निषेधाज्ञाले थप मार परेको संघका उपाध्यक्ष माधव राजपालले बताए ।  ‘पछिल्लो निषेध आदेशबाट अवस्था झनै जटिल हुन पुगेको छ । कम्तीमा विद्युत् महशुल र कर दाखिलाको समयमा सहुलियत पाए पनि राहत हुने थियो,’ उपाध्यक्ष राजपालले आर्थिक अभियानसित भने ।  सानो लगानीमा सञ्चालनमा रहेका उद्योग र व्यवसायीहरूमा विद्युतीय प्रविधिबाट महशुल दाखिला गर्न सक्ने दक्षता नभएको संघको दाबी छ । ठूलो प्रकृतिका उद्योग व्यवसायमा समेत प्राविधिक तथा प्रशासनिक कर्मचारीको अनुपस्थितिले विद्युतीय माध्यमबाट महशुल दाखिला गर्न सम्भव नभएको संघका उपाध्यक्ष हरि गौतमले बताए ।  निषेधाज्ञा हटेपछि विद्युत् महशुल, कर विवरण र कर चुक्ता गर्नसक्ने सहुलियत दिन उद्यमी व्यावसायीले माग गरेका छन् । यो अवधिमा महशुल र कर तिर्न नसक्दा जरीवाना नलिन संघले सरोकारवाला  निकायलाई आग्रह गरेको छ ।

होटललाई लकडाउन अवधिको विद्युत महशुल शतप्रतिशत छुट

काठमाडौं : कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् शुल्क शतप्रतिशत छुट पाएका छन्।अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले विद्युत महशुल छुट दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले होटल उद्योगको रुपमा सञ्‍चालन भएका उद्योगमध्ये नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई शुल्क छुट दिने निर्णय भएको बताए।उनका अनुसार सरकारको यो निर्णयले बन्दाबन्दी घोषणा गरेको मिति