काठमाडौं। प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिँदा २६८ मत मात्रै पाए। जम्मा २७५ मध्ये २७० जना सांसद उपस्थित थिए। जसमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले विपक्षमा मतदान गरे। त्यस्तै प्रतिनिधिसभाको अध्यक्षता गरेका जेष्ठसदस्य पशुपति शमशेर जबरा, अनुपस्थित कांग्रेस सांसदहरु मनोरमा शेरचन, किशोरसिंह राठौर,अम्बिका बस्नेत र निलम्वनमा रहेका टेकबहादुर गुरुङको मत पनि प्रचण्डले पाएनन्।