इमर्जिङ नेपालको आइपीओ बाँडफाँट, २३ लाख आवेदकमध्ये ५१ हजारले मात्रै पाए शेयर, यसरी हेर्नुस्

इमर्जिङ नेपालको प्राथमिक शेयर निष्कासन (आइपीओ) बाँडफाँट भएको छ । आइपीओमा आवेदन दिएका २३ लाख ३१ हजार २५८ आवेदनकमध्ये जम्मा ५१ हजार ६७९ आवेदकलाई मात्रै आइपीओ परेको छ । यसमध्ये ८ जनालाई ११ कित्ताका र बाँकीलाई १० कित्ताका दरले आइपीओ बाँडफाँट भएको छ । यो कम्पनीको शेयर बिक्री बन्द भएको ३ दिनमै बाँडफाँट गर्न सकिएको इममिर्जङ नेपालका लिमिटेका बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ । यसको शेयरमा आवेदन दिएकामध्ये २३ लाख २८ हजार ७०६ जनाको आवेदन सदर भएको र सोही आवदेकलाई गोला प्रथामा सामेल गरिएको थियो ...