भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरको उत्पादनमा वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको बताएकी छन् । मेयर दाहालले यस अघिको कार्यकालमा सडक पूर्वाधारलाई मुख्य प्रथामिकता दिइएको भएपनि अहिले उत्पादनलाई प्रथामिकता दिएको उल्लेख गरिन् । चितवन चनौली शीत भण्डार सहकारी संस्था भरतपुर–१८ ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्– ‘उत्पादनमा पनि कृषि उत्पादनलाई प्रथामिकता दिएका छौ, त्यसका लागि आवश्यक पूर्वाधारहरु निर्माणको क्रममा रहेको छ’,&