बल्खु खसीबजार क्षेत्रमा ढल जाम हुने समस्या अझै उस्तै छ । कोटेश्वर, बालाजु क्षेत्रमा ठाउँठाउँमा जमेको दूषित पानीको दुर्गन्धले वरिपरि बस्नै नसक्ने अवस्था छ । उपत्यकाको फोहोरमैला उठ्न थाले पनि बागबजार क्षेत्रमा अझै डंगुर देखिन्छ । भृकुटीमण्डप–अनामनगर खण्डको ढलको निकास नहुँदा सिंहदरबार क्षेत्रमा समेत दुर्गन्ध फैलिने गरेको छ ।