बझाङको थलारामा पहिरोले ७ घर पुरिए, २३ जना बेपत्ता

बझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुसल छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिराको

सम्बन्धित सामग्री

गुरुयोजना बनाएर पीडितका समस्या सम्बोधन गर्छु : प्रधानमन्त्री

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिरोबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाइने बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा बिहीवार साँझ कञ्चनपुरको दोधारा–चाँदनी पुग्नुभएका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताउनुभयो । ‘बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाएँ,’ उहाँले भन्नुभयो, ‘निरीक्षणपछि काठमाडौं फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ ।’ आफू निरीक्षणका क्रममा यहाँ बाढी र पहिरोले पु¥याएको क्षति देखेर दुःखी भएको बताउनुभयो । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद र वीरबहादुर बलायर सहभागी थिए । प्रधानमन्त्रीले डोटी, बझाङ, बैतडी, डँडेलधुरा हुँदै बाढीको क्षति र अवस्थाबारे बिहीवार साँझ कञ्चनपुर पुगेर स्थलगत जानकारी लिनुभएको हो । उहाँले कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रमा हवाई निरीक्षणसमेत गर्नुभएको थियो । सुदूरपश्चिममा बाढी र पहिरोका कारण ३१ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता र १७ जना घाइते भएका छन् । पहिरोले सडकमा क्षति पुगेपछि पहाडी जिल्लाको यातायात सेवा अझै निर्बाध रूपमा सञ्चालन हुन सकेको छैन । कञ्चनपुरमा महाकाली नदीमा आएको बाढीले भीमदत्तनगरपालिका–९, ११, १२ र १३ र दोधारा–चाँदनीमा क्षति पु¥याएको थियो । त्यसैगरी बाढीले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको ६ लेनको पहुँच मार्गको केही भाग कटान गरेको छ । बाढीबाट विस्थापित अझै घर फर्किसकेका छैनन् । पीडित विद्यालय, सार्वजनिक स्थान र आफन्तकोमा आश्रय लिइरहेका छन् । रासस

बझाङ बाढीपहिरो अपडेट : २३ अझै बेपत्ता, ७ घर पूर्ण क्षति, १७० परिवार विस्थापित

बझाङ : बझाङमा बाढी, पहिरोले घर भत्किँदा २३ जना अझै बेपत्ता छन्। थलारा गाउँपालिका- ४ डिक्लाको शीतल भन्ने ठाउँमा आएको पहिरोले २३ परिवारको विपत्ति पारेको छ।पहिरोबाट बेपत्ता हुनेहरूमा उजली पार्की, हासु पार्की, आयसु पार्की, हिमा पाकीर्, सिमा पार्की, हर्क सार्की, धनगिरि सार्की, सीता सार्की, प्रभा सार्की, भूमिका सार्की, इस्वरा देवि सार्की, संजिव सार्की, सर्मिला सार्की, सुवास सार्की, विकास सार्की, मिकेस सार्की, मदन सार्की, कलु सार्की, एलिसा सार्की, कम्मा सार्की, सबिना सार्की, सरोज सार्की, सिम्जिबि सार्क

ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु

मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ। पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। वर्षाले जनजीवन पनि प्रभावित भएको छ। बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्। बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ। बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन्।  यो समाचार नागरिक दैनिकमा छ ।

ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु

काठमाडौं । मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ। पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। वर्षाले जनजीवन पनि प्रभावित भएको छ। बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्। बाढीपहिरोका कारण […]