ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु

मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ। पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। वर्षाले जनजीवन पनि प्रभावित भएको छ। बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्। बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ। बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन्।  यो समाचार नागरिक दैनिकमा छ ।

सम्बन्धित सामग्री

लडेर एकको मृत्यु

मोरङको केराबारी गाउँपालिकामा बाँस झ्याङबाट लडेर शुक्रबार एक जनाको मृत्यु भएको छ। केराबारी गाउँपालिका–७ का ४३ वर्षीय ढकबहादुर राईको मृत्यु भएको हो।...

भीरबाट लडेर मजदुरको मृत्यु

भीरबाट लडेर बैतडीमा शुक्रवार एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भएका ४१ वर्षीय नारायण मगर रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । मगरको दोगडाकेदार गाउँपालिका–६ स्थित सित्तडमा भीरबाट लडेर मृत्यु भएको हो । भीरबाट १५० मिटर तल खसेका मगरको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान शुरू भएको जनाएको छ ।

दुई पुरुषको मृत्यु

फरक प्रकृतिको दुई घटनामा सर्लाही र रौतहटमा गरी दुई पुरुषको मृत्यु भएको छ।

दुर्घटनामा पाँच जनाकाे मृत्यु

काठमाडौं : रौतहट, मोरङ, झापा, नवलपरासी र कपिलवस्तुमा भएका छुट्टा छुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका ३ प्रणामी टोलमा शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट खस्दा चालकको मृत्यु भएको छ।  ना ४ त ३९३५ नम्बरको ट्याक्टरबाट गुडिरहेको अवस्थामै चालक चन्द्रपुर नगरपालिका ३ का ३५ वर्षीय रत्न बहादुर मोक्तान खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ।यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारीमा लहरीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ४५ वर्षीय श्

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन्। रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा...

सर्पको डसाइबाट एक युवकको मृत्यु

विषालु सर्पको डसाइबाट ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानी रहेका छन्। उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी...

डुबेर तीन जनाको मृत्यु

सिन्धुली, कपिलवस्तु र मोरङमा गरी डुबेर तीन जनाको मृत्यु भएको छ ।  सिन्धुली, दुधौली नगरपालिका-३ स्थित कमला खोलामा डुबेर सोही ठाउँस्थित कोनही बस्ने ११ वर्षीय एलिस माझीको सोमवार दिउँसो मृत्यु भएको छ । साथीहरूसँग पौडी खेल्न गएको अवस्थामा उक्त खोलामा डुबेर एलिसको मृत्यु भएको हो ।  कपिलवस्तु, कृष्णनगर नगरपालिका-६ भिल्मी बस्ने ५६ वर्षीया सुरमती पासीको पोखरीमा डुबेर सोमवार दिउँसो मृत्यु भएको छ । आफ्नै घर नजिकै सार्वजनिक पोखरीको डिलमा घाँस काट्ने क्रममा पोखरीमा लडेर डुब्दा उनको मृत्यु भएको हो ।  मोरङ, ...

कोरोना संक्रमणबाट हुने मृत्यु बढ्दै, २४ घण्टामा ४३ को मृत्यु

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै जान थालेको छ। निषेधाज्ञा खुकुलो बनाइएयता संक्रमितको संख्या केही भएको देखिए पनि मृत्यु हुनेको संख्या बढ्दै गएको हो। शुक्रबार देशभर ४३ कोरोना संक्रमितको मृत्यु भएको छ। यसअघि असार ३१ गते ३३ जनाको मृत्यु भएको थियो भने २८ गते १८ जनाको मृत्यु भएको थियो। हालसम्म देशभर ९५०६ जनाको […]

चितवनमा पाँच सङ्क्रमितको मृत्यु

जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । यही वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या जटिल भई वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान २ः०० बजे मृत्यु भएको हो ।चितवन मेडिकल कलेजमा उपचाररत तनहुँका

रौतहटका थप दुई संक्रमितको मृत्यु

यसअघि सदरमुकाम गौरको महादेवपटि गाउँका एक ज्येष्ठ नागरिकको मृत्यु भएकोमा मंगलवार थप दुई संक्रमितको मृत्यु भएको हो।...