नबिल बैंकको सामाजिक उद्यमशिलता कार्यक्रमले अवार्ड पायो

काठमाडौं, १४ असार । नबिल बैंकको सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्न सुरु गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको २० जना फेलोहरुले एसएसइ इनएबलर्स अफ सोसियल इन्टरप्रुनरसिप प्राप्त गरेका छन् । नेपाल उद्योग परिसंघ अन्तर्गतको सीएनआइवाइइएफ नेपालले बैंकलाई अवार्ड प्रदान गरेको हो। सीएनआइवाइइएफ नेपालले असार ११ गते काठमाडौंमा आयोजना गरेको सीएनआइवाइइएफ नेपाल स्टार्टअप फेस्ट २०२२ मा […]

सम्बन्धित सामग्री

उद्यमशीलता विकासमा नबिल बैंकको योगदान

काठमाडौँ : नबिल बैंक लिमिटेडको सामाजिक उद्यमशीलता विकास कार्यक्रमले उद्यमशीलता बढाएको सरोकारवालाले बताएका छन्। सामाजिक उद्यमशीलता विकासका लागि नबिल बैंक लिमिटेडले सुरु गरेको ‘नबिल एसएसई’ कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ।त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयमार्फत उक्त कार्यक्रम देशभर सञ्चालन गरिएको छ। दुई वर्षको अवधिमा ३३५ जना विद्यार्थी यो कार्यक्रममा सहभागी भएको नबिल बैंकले जनाएको छ। तीमध्येबाट ५२ वटा उद्यम शुरु हुँदा ८६९ जनाले रोजगारी पाएका

नबिल सामाजिक उद्यमशिलतामा १५ लाभान्वित

नबिल बैंकले गण्डकी प्रदेशको राजधानी पोखरामा हालै आयोजना गरेको उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता स्कुल कार्यक्रमबाट १५ जना लाभान्वित भएका छन् । उद्यमशिलताको विकास गर्न र उत्पादन बढाउने उद्देश्यले बैंकले पोखरामा आयोजना गरेको कार्यक्रमबाट १५ जना तीन महिने कोर्ष पूरा गर्दै लाभान्वित एवं दिक्षित भएको नबिल बैंक गण्डकी प्रदेशका प्रमुख सूर्य रोक्काले बताए । […]

विद्यार्थीलाई उद्यमी बन्न सिकाउँदै नबिल बैंक

नबिल बैंकले उद्यमी बन्न चाहेर बाग्मती प्रदेशबाट नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (नबिल एसएसई) सर्टिफिकेसन कोर्समा सहभागी २५ विद्यार्थीलाई आइतबार प्रमाणपत्र प्रदान गरिएको छ ।  ललितपुरको क्याम्पियन कलेजमा ‘रिफ्लेक्शन एण्ड सेलिब्रेसन सर्टिफिकेट डिस्ट्रिब्युसन प्रोग्राम’ नाम दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरीले हजारौँ युवाहरु...

नबिल बैंक र परोपकारी अभियानबीच सम्झौता

काठमाडौं (अस) । उद्यमशीलता प्रवर्द्धन गर्ने सम्बन्धमा नबिल बैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पीआईएससी)बीच सम्झौता भएको छ । युवा उद्यमशीलता प्रवर्द्धनका लागि यी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा नबिल बैंकका नायब महाप्रबन्धक आदर्श बजगाईं र पीआईएससी नेपालका कार्यकारी निर्देशक प्रवीण खनालले हस्ताक्षर गरेका छन् । दुवै संस्थाले गत चैत २५ र २६ गते काठमाडौंमा ‘युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने’ विषयमा कार्यशाला आयोजना गरेका थिए । युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्न आयोजित उक्त कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी,  उद्यमी लगायतले आफ्ना विचार प्रस्तुत गरेका थिए । तीमध्ये उत्कृष्ट विचार पीआईएससी नेपालद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिने आयोजकले बताएको छ । उक्त कार्यशालाबाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रहरूलाई बैंकले बैंकको नीतिको अधीनमा रही विभिन्न बैंकिङ सेवा प्रदान गर्ने भएको छ । कार्यशालामा बैंकका नायव महाप्रबन्धक बजगाईंले युवा उद्यमशीलतामार्फत आर्थिक वृद्धि तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्ने बताए । युवा उद्यमशीलता प्रवर्द्धनका लागि आयोजित कार्यशालालाई सहयोग गर्न पाउनु उत्साहको विषय भएको उनको भनाइ थियो । आयोजक संस्थाका कार्यकारी निर्देशक खनालले बजार कहिल्यै नमर्ने भएकाले उद्यमशीलता पनि कहिल्यै नमर्ने धारणा राखे । राष्ट्र निर्माणका लागि युवा उद्यमशीलता महत्त्वपूर्ण रहेको उनले बताए ।

गाउँ–गाउँमा खाता खोल्दै नबिल बैंक

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा रहेको नबिल बैंक अहिले पालिकाका प्रत्येक वडाका गाउँ–गाउँमा गएर खाता खोलिरहेको छ । सरकारले सनमाजिक सुरक्षा भत्ता अनिवार्य बैंकमार्फत भुक्तानी गर्नुपर्ने प्रावधान ल्याएपछि अहिले स्थानीय तहले सबै सामाजिक सुरक्षा भत्ता पाउनेको बैंक खाता अनिवार्य गरेका छन् । स्थानीय तहहरुले खाता अनिवार्य गरेपछि अहिले बैंकमा खाता खोल्नेको भीड लाग्ने गरेको छ । भीडलाई नियन्त्रण गर्न र बैंकसम्म आउन नसक्नेलाई लक्षित गरेर बैंकले गाउँ–गाउँमै पुगेर खाता खोल्न लागेको हो । बैंकले गाउँ–गाउमै गएर ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका र पाँच वर्षमुनिका बालबालिकाको खाता खोलिरहेको छ । गाउँमै आएर खाता खोलिदिएकामा धेरैजसो ज्येष्ठ नागरिक र आपांगता भएका व्यक्तिलाई बोकेर बैंकसम्म लग्नुपर्ने बाध्यता हटेको पञ्चेश्वर गाउँपालिका–२ का लोकेन्द्र चन्द रजवारले बताए । बैंकले जसरी गाउँमै आएर खाता खोल्दै छ, त्यसरी नै गाउँमै आएर प्रत्येक चौमासिकको सामाजिक सुरक्षा भत्ता पनि वितरण गरिदिनुपर्ने माग ज्येष्ठ नागरिकले राखेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये दशरथचन्द नगरपालिकाले मात्र सरकारको यो प्रावधान आउनुअघि नै बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको थियो । बाँकी ९ मध्ये ८ स्थानीय तहले चालू आर्थिक वर्षदेखि मात्र बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन् । जिल्लाका १० वटै स्थानीय तहमा बैंकका शाखा पुगे पनि सिगास गाउँपालिकामा इन्टरनेट नचल्ने हुँदा  त्यहाँको बंैकको शाखाले अनलाइनबाट हुने काम गर्न सकेको छैन । सिगासमा रहेको बैंक शाखाले अनलाइनमार्फत काम गर्न नसकेपछि त्यहाँ सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्न समस्या भएको पालिकाले बताएको छ ।

नबिल बैंक र पोखरा विश्वविद्यालयबीच साझेदारी

नबिल बैंकले पोखरा विश्वविद्यालयसँग समझदारी गरेको छ । बैंकले विश्वविद्यालयसँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डीन डा. अजय थापाले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।उक्त साझेदारीको मुख्य उद्देश्य नबिल बैंकले […]

उद्यमशीलता विकासका लागि नबिल बैंक र पोखरा विश्वविद्यालयले सहकार्य गर्ने

उद्यमशीलता विकास तथा वित्तीय पहुँचका लागि नबिल बैंक र पोखरा विश्वविद्यालयबीच सहकार्य हुने भएको छ । हालैमात्र एक कार्यक्रमकाबीच बैंक र विश्वविद्यालयबीच सहकार्यको सहमति भएको हो । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको तर्फबाट मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नबिल बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम (ब्याचलर्स अफ इन्टरपिनरसिप डेभलपमेन्ट &ndas