गाउँ–गाउँमा खाता खोल्दै नबिल बैंक

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा रहेको नबिल बैंक अहिले पालिकाका प्रत्येक वडाका गाउँ–गाउँमा गएर खाता खोलिरहेको छ । सरकारले सनमाजिक सुरक्षा भत्ता अनिवार्य बैंकमार्फत भुक्तानी गर्नुपर्ने प्रावधान ल्याएपछि अहिले स्थानीय तहले सबै सामाजिक सुरक्षा भत्ता पाउनेको बैंक खाता अनिवार्य गरेका छन् । स्थानीय तहहरुले खाता अनिवार्य गरेपछि अहिले बैंकमा खाता खोल्नेको भीड लाग्ने गरेको छ । भीडलाई नियन्त्रण गर्न र बैंकसम्म आउन नसक्नेलाई लक्षित गरेर बैंकले गाउँ–गाउँमै पुगेर खाता खोल्न लागेको हो । बैंकले गाउँ–गाउमै गएर ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका र पाँच वर्षमुनिका बालबालिकाको खाता खोलिरहेको छ । गाउँमै आएर खाता खोलिदिएकामा धेरैजसो ज्येष्ठ नागरिक र आपांगता भएका व्यक्तिलाई बोकेर बैंकसम्म लग्नुपर्ने बाध्यता हटेको पञ्चेश्वर गाउँपालिका–२ का लोकेन्द्र चन्द रजवारले बताए । बैंकले जसरी गाउँमै आएर खाता खोल्दै छ, त्यसरी नै गाउँमै आएर प्रत्येक चौमासिकको सामाजिक सुरक्षा भत्ता पनि वितरण गरिदिनुपर्ने माग ज्येष्ठ नागरिकले राखेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये दशरथचन्द नगरपालिकाले मात्र सरकारको यो प्रावधान आउनुअघि नै बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको थियो । बाँकी ९ मध्ये ८ स्थानीय तहले चालू आर्थिक वर्षदेखि मात्र बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन् । जिल्लाका १० वटै स्थानीय तहमा बैंकका शाखा पुगे पनि सिगास गाउँपालिकामा इन्टरनेट नचल्ने हुँदा  त्यहाँको बंैकको शाखाले अनलाइनबाट हुने काम गर्न सकेको छैन । सिगासमा रहेको बैंक शाखाले अनलाइनमार्फत काम गर्न नसकेपछि त्यहाँ सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्न समस्या भएको पालिकाले बताएको छ ।

सम्बन्धित सामग्री

नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि सम्झौता

काठमाडौँ – नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यस साझेदारीको साथ नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्याङ्कन र सहकार्य गर्नेछ। नबिल बैंक लिमिटेडका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित […]

डिजिटल ग्रीन फाइनान्सिङका लागि नबिल बैंक र एलोइबीच सहकार्य

नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न एलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको साथ नबिल बैंकले एलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्याङ्कन र सहकार्य गर्नेछ । नबिल बैंक लिमिटेडका वरिष्ठ नायव प्रमुख...

नबिल बैंक र अलोईबीच डिजिटल ग्रिन फाइनान्सिङका लागि समझदारी

नबिल बैंक लिमिटेडले ग्रिन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोई प्राइभेट लिमिटेडसँग समझदारी गरेको छ । बैंकले अलोईको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारीसाधनलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी...

नबिल बैंक र मिडास एजुकेसनबीच समझदारीपत्रमा हस्ताक्षर

नबिल बैंक र मिडास एजुकेशन प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास इ–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन्।  नबिलका ग्राहकहरूले मिडास इ–क्लासको एक वर्षको शिक्षण...

नबिल बैंक दुई अवार्डद्वारा सम्मानित

काठमाडौँ, ७ असोज । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित भएको छ । यही असोज ४ गते ९२० सेप्टेम्बर० मा कम्बोडियामा सम्पन्न ग्लोवल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ दि इयर २०२२’ जस्ता दुई सम्मानित अवार्ड प्राप्त गर्न सफल भएको हो […]

नबिल बैंक र नेपाल बंगलादेशबीच एकीकृत कारोबार सुरू

काठमाडौँ- नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्जर भएको छ। दुई बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य सम्पन्न भई सोमबारदेखि एकीकृत कारोबार सुरू भएको हो। सोमबार एक कार्यक्रमकाबीच दुई बैंक मर्जर भएको बताएका हुन्। मर्जरपछि नबिल बैंक लिमिटेड नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको छ। ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंकले नेपाल राष्ट्र बैंकको […]

नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार २७ असारदेखि

२३ असार, काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार असार २७ गतेदेखि सुरु हुने भएको छ । एकीकृत कारोबार ‘नबिल बैंक लिमिटेड’ नामबाट हुने छ । राष्ट्र बैंकको अनुमतिबाट नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेको छ । अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व नबिल बैंकले प्राप्त […]

नबिल बैंक युएसडीएमा सूचीकरण

नबिल बैंक युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडीए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत सूचीकरण भएको छ ।  जसअनुसार बैंकले युएसडीएसँग सम्झौता गरिसकेको छ । नबिल बैंक युएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्याङ्कनपछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक बनेको छ । यो व्यवस्थासँगै नबिल बैंकले युएसडीएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युएसडीए कार्यक्रम अन्तर

नबिल बैंक सम्मानित

काठमाडौं, १८ कात्तिक । नबिल बैंक विशिष्ट सम्मानबाट सम्मानित भएको छ । बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ मा  “SME Financier of the Year – Asia” अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको हो । नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि न्द्दण् को ग्लोबल साझेदारी (जीपीएफआई)द्वारा अनुमोदित, […]

नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसनबीच सम्झौता

नबिल बैंक र आर एण्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिबीच कृषि प्राविधिकहरुलाई आवश्कताअनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने सम्झौता भएको छ ।साझेदारीमा हस्ताक्षर गर्दै नबिल बैंक एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल)ले बैंकले सदैव दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने […]