एजेन्सी।प्यालेस्टिनीले शेख जर्रामा रहेका प्यास्टिनीका घर खाली गराउने र यहुदी बस्ती बनाउनेबारेमा इजरायजी सर्वोच्च अदालतले गरेको प्रस्ताव प्यालेस्टिनीले अस्वीकार गरेका छन्।इजरायली सर्वोच्च अदालतले पूर्व जेरुसेलमको शेख जर्रामा रहने प्यालेस्टिनी र यहुदीबीचको लामो संघर्ष अन्त्य गर्ने प्रस्ताव गरेको थियो। अदालतले त्यहाँ बस्न प्यालेस्टिनीले भाडा तिर्नुपर्ने प्रस्ताव गरेको थियो। प्यालेस्टिनीले इजरायली अदालतको प्रस्ताव अस्वीकार गर्दै आफूहरुको सम्पत्तिको अधिकार मागेका छन्।