काठमाडौं, १७ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पत्रकार सम्मेलन सुरु भएको छ । एमसीसी पास भएपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नको लागि यो पत्रकार सम्मेलनको आयोजना गरिएको हो । अहिले पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सम्बोधन गरिरहेका छन् । केही बेरमै अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।