काठमाडौं : महिला साफ च्याम्पियनसिप स्वदेशमा नै आयोजनाको अवसर पाएको खुशी सेलाउन नपाउँदै नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई धक्का लागेको छ। कप्तान रेनुका नगरकोटी प्रशिक्षणका क्रममा घाइते भएको एन्फाले जनाएको छ।सातदोबाटोस्थित एन्फा कम्लेक्सको खेल मैदानमा सोमबार प्रशिक्षणका क्रममा लडेपछि रेनुकाको घाँटीमुनिको बायाँ हड्डी भाँचिएको जनाइएको छ। यसबाट रेनुका लामो समय नै मैदान बाहिर हुने पक्का भएको छ।‘प्रशिक्षणको क्रममा मैदानमा लड्दा उनको घाँटीमुनिको बायाँ हड्डी ठोकिन पुगेको थियो&sbqu