संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हिमाल आरोहीहरुको सुरक्षा र संरक्षणकालागि कानूनमै व्यवस्था गरिने बताउनुभएको छ । केटू हिमाल आरोहण गरेर फर्कीएका संखुवासभाका एकै परिवारका चारजना कीर्तिमानी दाजुभाईलाई सम्मान गर्दे उहाँले सरकारले हिमाल आरोहीहरुको संरक्षणकालागि कानुनमै व्यवस्था गर्ने बताउनुभएको हो । शेर्पा र हिमाको सम्बन्ध नङ र मासुको भएको उल्लेख गर्दे नेपाललाई विश्वसामु चिनाउन […]