विश्व अर्थतन्त्रको परिदृश्य प्रतिवेदन : ओमिक्रोनका कारण अर्थतन्त्र थप जोखिममा

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण विश्व अर्थतन्त्र जोखिममा परेको छ । ‘विश्व अर्थतन्त्रको परिदृश्य प्रतिवेदन’ सार्वजनिक गर्दै विश्व बैंकले सन् २०२२ र २०२३ मा संसारभरिको अर्थतन्त्रलाई नयाँ भेरियन्टले जोखिममा पार्ने आकलन गरेको हो । ओमिक्रोनका कारण आर्थिक गतिविधिमा प्रभाव पर्ने, मूल्यवृद्धि हुने तथा अन्योल बढ्ने पनि अनुमान प्रतिवेदनमा गरिएको छ । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने दाबी गर्दै आए तापनि विश्व बैंकले भने त्यो दाबीविपरीत आफ्नो प्रक्षेपणसमेत सार्वजनिक गरेको छ । प्रतिवेदनमा चालू आर्थिक वर्ष (आव) २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । त्यसै गरी, आगामी आवमा पनि आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण छ । कोरोना विरुद्धको खोप अभियान र यसले अर्थतन्त्र चलायमान भइरहेको अवस्थामा यो वृद्धिदर प्राप्त हुन सक्ने अनुमान विश्व बैंकको छ । अर्थमन्त्री जनार्दन शर्मासहित अर्थ मन्त्रालयका अधिकारीहरूले यो वर्ष निर्धारण गरिएको आर्थिक वृद्धिदर पूरा भइछाड्ने दाबी गर्दै आए पनि चालू आवमा तरलताको समस्या देखिरहनु र पूँजीगत खर्चसमेत कमजोर रहिरहँदा यो लक्ष्य पूरा नहुने भन्दै प्रश्न उठ्दै आएको छ । राष्ट्र बैंकले समेत ४–५ प्रतिशतभन्दा बढी चालू आवमा आर्थिक वृद्धिदर प्राप्त गर्न मुश्किल पर्ने बताउँदै आएको छ । यस्तै, गत आव २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर १ दशमलव ८ प्रतिशतमा सीमित भएको र प्रतिवेदनले चालू वर्ष पनि नेपालको अर्थतन्त्र सुस्त तरीकाले बढ्ने विश्व बैंकको आकलनले पुष्टि गरेको छ । कोरोना महामारीका कारण आव २०७६/७७ मा नेपालको अर्थतन्त्र करीब ४ दशकपछि नकारात्मक हुँदै २ दशमलव १ प्रतिशतले ऋणात्मक वृद्धि भएको थियो । विश्व अर्थतन्त्रमा कस्तो होला ? विश्व बैंकको प्रतिवेदनअनुसार सन् २०२२ मा सार्क मुलुकमध्ये सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सले गर्ने देखिएको छ । त्यो देशकोे ११ प्रतिशत वृद्धि प्राप्त हुने अनुमान छ । दोस्रो स्थानमा भारत रहेको छ । भारतले ८ दशमलव ३ प्रतिशतको वृद्धिदर भेटाउनेछ भने भुटानले ५ दशमलव १ प्रतिशतको वृद्धिदर भेटाउने प्रक्षेपण गरिएको छ । समग्रमा दक्षिण एशियाको आर्थिक वृद्धिदर सन् २०२२ मा ७ दशमलव ६ प्रतिशत हुने अनुमान छ । सार्क मुलुकमा व्यापार, पर्यटन सेवामा महामारीभन्दा अगाडिको स्तरमा पुग्न नसकेको प्रतिवेदनले औंल्याएको छ । विश्वभरि मुद्रास्फीति, सरकारहरूको ऋण, धनी र गरीबबीचको असमानता थप चर्किने पनि अनुमान गरिएको छ । सन् २०२२ मा विश्व अर्थतन्त्र ४ दशमलव १ प्रतिशतले र २०२३ मा ३ दशमलव २ प्रतिशतले बढ्ने आकलन प्रतिवेदनले गरेको छ ।

सम्बन्धित सामग्री

प्रकाशशरणको दाबी : अर्थमन्त्री भएपछि अर्थतन्त्र सुधारेँ

८ फागुन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्र आफूले सुधारेको दाबी गरेका छन् । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था विषयक प्रतिवेदन पेश गर्दै अर्थमन्त्री डा. महतले आफूले अर्थ मन्त्रालय सम्हालेपछि आर्थिक वृद्धि, स्रोतमाथिको चापको अवस्था र बाह्य क्षेत्र सुधार भएको दाबी गरेका हुन् । ‘हाल आर्थिक वृद्धिले […]

अर्थतन्त्र सप्रिँदै गएको छ : अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा मुलुकको आर्थिक सूचकमा उल्लेख्य सुधार देखिएको तथा अर्थतन्त्र विस्तारै सप्रिँदै गएको बताएका छन्।चालू आव २०८०/८१ को बजेट अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री महतले सुधारका लागि सरकारले थालेका प्रयासले नतिजा दिन थालेको बताएका हुन्।बजेट कार्यान्वयनको पहिलो छ महिनासम्मको समग्र स्थिति, कार्यान्वयनका क्रममा देखिएका समस्या, प्राप्त उपलब्धि तथा वित्त व्यवस्थापनमा देखिएका समस्यालाई समेटेर अर्थ मन्त

एडीबीद्वारा चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

मनिला, २७ मङ्सिर । एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो । एसियाली विकास समीक्षा डिसेम्बर २०२३ले तेस्रो त्रैमासिकमा घरायसी उपभोग र सार्वजनिक लगानीमा वृद्धि गरेपछि चीनको अर्थतन्त्र यस वर्ष ५.२ प्रतिशतले विस्तार हुने […]

आउँदो वर्ष नेपालको अर्थतन्त्र सुधार हुने एसियाली विकास बैंकको अनुमान

काठमाण्डौ – एसियाली विकास बैंक एडीबीले आउँदो अंग्रेजी वर्ष अर्थात सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको छ । ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको हो । नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा १ दशमलव ९ र सन् २०२४ मा ४ दशमलव ३ प्रतिशत रहने प्रक्षेपण प्रतिवेदनमा उल्लेख छ ।उत्पादन तथा निर्माण क्षेत्रमा यस वर्षको तुलनामा आउँदो वर्ष उल्लेख्य सुधार देखिने एडिबीको अनुमान छ । त्यस्तै, नेपालमा यो वर्ष अर्थात सन् २०२३...

राजस्वजति कर्मचारी पाल्न ठिक्क छ, यसलाई सन्तुलनमा ल्याउनैपर्छ

नेपालमा अर्थतन्त्रको विश्वव्यापी खबर पाउने स्रोत विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायतले प्रकाशित गर्ने प्रतिवेदनहरु हुन् । एक साताअघि मात्र विश्व बैंकले विश्वको अर्थतन्त्रबारे प्रक्षेपण प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार विश्व अर्थतन्त्र अपेक्षा गरेभन्दा कम हुने देखिएको छ । सन् २००८ को ग्लोबल फाइनान्सियल क्राइसिसपछि विश्व अर्थतन्त्र अर्को पटक घट्न लागेको हो […]

तालिबानको शासनमा अफगानिस्तानको अर्थतन्त्र १० वर्ष पछि धकेलियो : युएनडीपी

काठमाडौँ– तालिबानको शासनमा अफगानिस्तानको अर्थतन्त्र १० वर्ष पछि धकेलिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको विकास कार्यक्रम युएनडीपीले एक प्रतिवेदन जारी गर्दै तालिबानको शासनमा अफगान अर्थतन्त्र १० वर्ष पछि धकेलिएको जनाएको हो । युएनडीपीले तालिबान शासनमा आएययता अफगानिस्तानको अर्थतन्त्र ५ अर्ब अमेरिकी डलरले खुम्चेको जनाएको छ । अफगानिस्तानबाट प्रकाशित हुने खामा प्रेसका अनुसार तालिबानले सत्ता […]

महामारीले अर्थतन्त्र प्रभावितः राष्ट्र बैंक

बुधबार मुलुकको अर्थतन्त्रसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले पहिलो लहरको महामारीपछि विस्तारै सुधार हुन लागेको अर्थतन्त्र दोस्रो लहरको महामारीले प्रभावित भएको उल्लेख गरेको छ।...

सुधार हुँदै गरेको अर्थतन्त्र पुनः प्रभावित : राष्ट्र बैंक

कोभिड–१९ को महामारी र संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण प्रभावित भई सुधार हुन थालेको अर्थतन्त्र कोभिडको दोस्रो लहर र निषेधाज्ञाका कारण पुनः प्रभावित हुन थालेको नेपाल राष्ट्र बैंकले औंल्याएको छ ।कोभिडले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी फलोअप सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय बैंकले संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु चलायमान बनाउन सुझाव समेत दिएको छ ।२०७७ […]