आउँदो वर्ष नेपालको अर्थतन्त्र सुधार हुने एसियाली विकास बैंकको अनुमान

काठमाण्डौ – एसियाली विकास बैंक एडीबीले आउँदो अंग्रेजी वर्ष अर्थात सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको छ । ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको हो । नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा १ दशमलव ९ र सन् २०२४ मा ४ दशमलव ३ प्रतिशत रहने प्रक्षेपण प्रतिवेदनमा उल्लेख छ ।उत्पादन तथा निर्माण क्षेत्रमा यस वर्षको तुलनामा आउँदो वर्ष उल्लेख्य सुधार देखिने एडिबीको अनुमान छ । त्यस्तै, नेपालमा यो वर्ष अर्थात सन् २०२३...