काठमाडौं। सेयर बजार परिसूचक सामान्य अंकले बढेको दिन नौ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। जसमध्ये छ वटा कम्पनीको सेयर मूल्यमा सर्वाधिक १० प्रतिशत र तीन कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको मूल्यवृद्धि भएको छ। आज नेप्से परिसूचक १.२५ अंकले बढ्दा १२ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएर तीन करोड तीन लाख कित्ता सेयर किनबेच भएको छ।