काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ सय अंकमा पुगेको दिन सातवटा कम्पनीको सेयर मूल्य उच्च वृद्धि भएको छ। नेप्सेका अनुसार आज दुईवटा कम्पनीको सेयर मूल्य१०प्रतिशत र बाँकी५वटा कम्पनीको९प्रतिशतभन्दा बढीले बढेको छ। जसमध्ये पाँचथर पावर कम्पनी र रुरु जलविद्युत कम्पनीको सेयर मूल्य१०प्रतिशतले बढेको हो। यसपछि जीवन विकास लघुवित्त,युनियन लाइफ इन्स्यारेन्स,घलेम्दी हाइड्रो र लिबर्टी इनर्जिको सेयर९ प्रतिशतले बढेको हो।