लमजुङ- लमजुङको दोर्दी गाउँपालिका- ६ ढोडेनीमा पहिरोले चार घर विस्थापित भएको छ । बस्तीमाथिबाट आएको पहिरोले ढोडेनीका लक्ष्मण तामाङ, निरबहादुर तामाङ, विक्रम तामाङ र राममाया तामाङको घर विस्थापित भएको स्थानीय लालबहादुर गुरुङले बताए । उनका अनुसार पहिरोले गाउँका ६ घरसमेत उच्च जोखिममा परेको छ । पहिरोले भौतिक संरचनामा क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले […]
१२ साउन, सुर्खेत । लगातार परेको अविरल वर्षाका कारण घट्टे खोलामा आएको बाढी गाउँमा पस्दा रुकुम पश्चिमका २५ घर विस्थापित भएका छन् । आठबीसकोट नगरपालिका वडा नम्बर ७ गारास्थित १० गतेदेखि परेको अविरल वर्षातका कारण घट्टे खोला गाउँमा पसेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । खोलाको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती […]
वडा कार्यालय र टोल विकास समितिले बनाइ दिएको अस्थायी टहरामा बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका पहिरो विस्थापित परिवार । दश स्थानीय तह रहेको जिल्लामा हालसम्म पहिरोका कारण नौँ घर विस्थापित भएका छन भने, २३ घर उच्च जोखिममा परेका छन । तस्बिर ः केदार मगर/रासस
खोटाङ। लगातारको वर्षासँगै विभिन्न ठाउँमा झरेको पहिरोका कारण खोटाङमा नौ घर विस्थापित भएका छन् भने २३ घर उच्च जोखिममा परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छ, केपीलासगढी गाउँपालिकाका दुई र रावाबेँसी गाउँपालिकाका एक घर विस्थापित भएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका जीतबहादुर राई, भीमबहादुर राई, कर्णबहादुर राई, रामीरा राई, शारदा राई र […]
खोटाङ – लगातारको वर्षासँगै विभिन्न ठाउँमा झरेको पहिरोका कारण खोटाङमा नौ घर विस्थापित भएका छन् भने २३ घर उच्च जोखिममा परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका छ, केपिलासगढी गाउँपालिकाका दुई र रावाबेँसी गाउँपालिकाका एक घर विस्थापित भएका हुन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका जीतबहादुर राई, भीमबहादुर राई, कर्णबहादुर राई, रामीरा राई, शारदा राई […]
जिल्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात घर परिवार पहिरोको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् । कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइँ सरेका हुन् ।गाउँमाथि रहेको माटोे र ढुङ्गा खस्न थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगपछि बसाइँ सरेको हस्तबहादुर शाहीले गुनासो गरे । गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्न थालेपछि सात घरधुरी उच्च जोखिममा परेपछि बसाइँ सरेका हुन् । भिरमा रहेको ठूलो ढुङ्गा आसपास क्षेत्रबाट ससाना
बैतडी : पहिरो प्रभावित पञ्चेश्वर गाउँपालिका–२ गैरटोलका सात घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।बस्तीमाथिबाट पहिरो खसेपछि किसनराम औजी, रमेशराम औजी, देवानीराम औजी, गोविन्द राम औजी, धनीराम औजी र मदनराम औजीको परिवार विस्थापित भएका हुन्। उनीहरुलाई स्थानीय देवथला माध्यमिक विद्यालयको भवनमा राखिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्का जानकारी दिए।पहिरोले किसनरामको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। बाँकी ६ जनाका घर उच्च जोखिममा रहेको छ। सात घरपरिवारका ५२ जना विस्थापित भएका
बागलुङ : वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन्। काठेखोला गाउँपालिका-७ जिरेदीमा घरमाथि र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
सदरमुकाम बागलुङ बजार हुँदै रेस जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिँदा घरमाथि पहिरो आएको हो। जिरेदीका चित्रबहादुर कार्कीको घरमाथिबाट पहिरो आएको वडाअध्यक्ष प्रेम जिसीले बताए। सोही ठाउँकै बलबहादुर जिसी र कृष्ण जिसीलगायतका घर पहिरोको उच्च जोखिममा छन्। सबै परिवारका सदस्यलाई ...
संखुवासभा : जिल्लाको मकालु गाउँपालिकामा पहिरोका कारण २८ घर परिवार विस्थापित भएका छन्। असार १ र २ गते लगातार २४ घण्टा भन्दा बढी परेको पानीले गाउँपालिका ५ पेपुवाका चार गाउँका २९ परिवार पहिरोबाट विस्थापित भएका हुन् भने २२ घर उच्च जोखिममा परेको वडा ५ का अध्यक्ष जापान गुरुङले जानकारी दिए।
पहिरोले पेपुव...