लमजुङको दोर्दीमा पहिरोले ४ घर विस्थापित, ६ घर उच्च जोखिममा

लमजुङ- लमजुङको दोर्दी गाउँपालिका- ६ ढोडेनीमा पहिरोले चार घर विस्थापित भएको छ । बस्तीमाथिबाट आएको पहिरोले ढोडेनीका लक्ष्मण तामाङ, निरबहादुर तामाङ, विक्रम तामाङ र राममाया तामाङको घर विस्थापित भएको स्थानीय लालबहादुर गुरुङले बताए । उनका अनुसार पहिरोले गाउँका ६ घरसमेत उच्च जोखिममा परेको छ । पहिरोले भौतिक संरचनामा क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले […]

सम्बन्धित सामग्री

पोखराको झिझिर्कामा ५ घर विस्थापित, २६ घर जोखिममा

पोखरा महानगरपालिका वडा नं. २५, हेम्जाको झिझिर्का फलामे खेतमा आएको पहिरोले ५ घर विस्थापित भएका छन् भने २६ घर पहिरोको उच्च जोखिममा छन् ।

ट्यांग्रा खोलाले बस्ती कटान गर्दा ६ घर विस्थापित, नगरबासीले घेरे वडा कार्यलय

ट्यांग्रा खोलाले इटहरी उपमहानगरपालिका- १३ का बस्तीमा कटान गर्दा ६ घर विस्थापित भएका छन् । अन्य एक दर्जन बढी घरहरु पनि उच्च जोखिममा रहेका छन् ।

घट्टे खोला गाउँमा पस्दा २५ घर विस्थापित

१२ साउन, सुर्खेत । लगातार परेको अविरल वर्षाका कारण घट्टे खोलामा आएको बाढी गाउँमा पस्दा रुकुम पश्चिमका २५ घर विस्थापित भएका छन् । आठबीसकोट नगरपालिका वडा नम्बर ७ गारास्थित १० गतेदेखि परेको अविरल वर्षातका कारण घट्टे खोला गाउँमा पसेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । खोलाको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती […]

वडा कार्यालय र टोल विकास समितिले बनाइदिए अस्थायी टहरा

वडा कार्यालय र टोल विकास समितिले बनाइ दिएको अस्थायी टहरामा बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका पहिरो विस्थापित परिवार । दश स्थानीय तह रहेको जिल्लामा हालसम्म पहिरोका कारण नौँ घर विस्थापित भएका छन भने, २३ घर उच्च जोखिममा परेका छन । तस्बिर ः केदार मगर/रासस

पहिरोले खोटाङमा ९ घर विस्थापित, २३ घर उच्च जोखिममा

खोटाङ। लगातारको वर्षासँगै विभिन्न ठाउँमा झरेको पहिरोका कारण खोटाङमा नौ घर विस्थापित भएका छन् भने २३ घर उच्च जोखिममा परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छ, केपीलासगढी गाउँपालिकाका दुई र रावाबेँसी गाउँपालिकाका एक घर विस्थापित भएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका जीतबहादुर राई, भीमबहादुर राई, कर्णबहादुर राई, रामीरा राई, शारदा राई र […]

पहिरोले खोटाङमा ९ घर विस्थापित, २३ घर उच्च जोखिममा

लगातारको वर्षासँगै विभिन्न ठाउँमा झरेको पहिरोका कारण खोटाङमा नौ घर विस्थापित भएका छन् भने २३ घर उच्च जोखिममा परेका छन् ।

पहिरोले खोटाङमा नौ घर विस्थापित, २३ घर उच्च जोखिममा

खोटाङ – लगातारको वर्षासँगै विभिन्न ठाउँमा झरेको पहिरोका कारण खोटाङमा नौ घर विस्थापित भएका छन् भने २३ घर उच्च जोखिममा परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका छ, केपिलासगढी गाउँपालिकाका दुई र रावाबेँसी गाउँपालिकाका एक घर विस्थापित भएका हुन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका जीतबहादुर राई, भीमबहादुर राई, कर्णबहादुर राई, रामीरा राई, शारदा राई […]

पहिरोको उच्च जोखिमसँगै सात घर विस्थापित

जिल्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात घर परिवार पहिरोको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् । कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइँ सरेका हुन् ।गाउँमाथि रहेको माटोे र ढुङ्गा खस्न थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगपछि बसाइँ सरेको हस्तबहादुर शाहीले गुनासो गरे । गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्न थालेपछि सात घरधुरी उच्च जोखिममा परेपछि बसाइँ सरेका हुन् । भिरमा रहेको ठूलो ढुङ्गा आसपास क्षेत्रबाट ससाना

पहिरोले पञ्चेश्वरका सात घर विस्थापित

बैतडी : पहिरो प्रभावित पञ्चेश्वर गाउँपालिका–२ गैरटोलका सात  घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।बस्तीमाथिबाट पहिरो खसेपछि किसनराम औजी, रमेशराम औजी, देवानीराम औजी, गोविन्द राम औजी, धनीराम औजी र मदनराम औजीको परिवार विस्थापित भएका हुन्। उनीहरुलाई स्थानीय देवथला माध्यमिक विद्यालयको भवनमा राखिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्का जानकारी दिए।पहिरोले किसनरामको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। बाँकी ६ जनाका घर उच्च जोखिममा रहेको छ। सात घरपरिवारका ५२ जना विस्थापित भएका