पर्वत : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हालै बनेको कांग्रेस नेतृत्वको नयाँ प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको आरोप लगाएका छन्।एमाले संसदीय दलको आयोजनामा भएको पत्रकार सम्मेलनमा उनले प्रदेश सरकारले गैरबजेटरी रकममार्फत भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका हुन्। गुरुङले चालु रहेका योजनामा सरकारले ध्यान नदिएर बिना योजनाका ठाउँमा पैसा बाँडेर कार्यकर्ता पाल्ने काम भइरहेको आरोप लगाए।यसअघि गुरुङ नेतृत्वको प्रदेश सरकारले जाँदाजाँदै बिनायोजना चार अर्ब ५१ करोड रुपैया