इरान पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेहरानमा आफ्ना इरानी र टर्की समकक्षीसँग भेटवार्ता गर्नुभएको छ । पुटिनले इरानी राष्ट्रपति इब्राहिम रायसी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेटवार्ता गरेको बीबीसीले जनाएको छ ।
साथै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसँग पनि भेट भएको छ । रुसी राष्ट्रपतिसँगको भेटपछि बोल्दै इरानका सर्वोच्च नेता खामेनीले तेहरान र मस्कोले आफ्नो सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै यो भेटमा रुस–युक्रेनबीच भएको युद्धका लागि पश्चिमा देश दोषी रहेको टिप्पणी गरिएको छ ...