काठमाडौं, १० भाद्र। ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय भएको छ। सीआईबीले राउतलाई प्रतिवादी बनाउन राय नदिएको भएपनि जिल्ला सरकारी वकिलको कार्यालयले राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको हो। प्रहरी प्रकरणका २८६ आरोपीलाई संगठित अपराध र किर्तेको कसुरमा मुद्दा चलाउन राय दिएको थियो। सरकारी वकिलको कार्यालयले २९० जना प्रतिवादी कायम गरेको छ।