नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने निष्कर्ष निकालेको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले निर्धारित कार्यतालिका अनुसार महाधिवेशन सम्पन्न गर्ने निष्कर्ष निकालेको हो ।आगामी भदौ १६–१९ का लागि काँग्रेस महाधिवेशनको मिति तोकिएको छ भने साउन १२ गतेबाट वडा अधिवेशन गर्ने भनिएको छ । काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार बैठकमा समायोजन समिति, निर्वाचन समिति र क्रियाशील छानविन समितिले कार्यप्र